AArya
RUMPUM
animated ellipse animated ellipse

प्राध्यापक संघका पदाधिकारीको पदस्थापन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ चैत्र २०७५, शुक्रबार २०:१८
3
Shares

विराटनगर / पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघ केन्द्रीय समितिमा निर्वाचित पदाधिकारीहरुको आज पदस्थापन गरिएको छ ।

गत मंगलबार सम्पन्न निर्वाचनमा निर्वाचित पदाधिकारीहरुको पदस्थापन गरिएको हो । पदस्थापन कार्यक्रममा बक्ताहरुले पूर्वाञ्चल विश्वविद्यालयको सुधारका लागि सवै प्राध्यापकहरु एक भएर लाग्नुपर्ने सुझाव दिईएका छन् । पदस्थापना कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष बद्रिनाथ श्रेष्ठ, विज्ञान तथा प्रविधि संकायका डिन प्रा.डा. शुभनारायण पाठक, चिकित्सा शासत्र संकायका डिन शैलेशमणि पोखरेल पुसेट क्याम्पसका प्रमुख मनोज हलुवाई, कर्मचारी संघका सभापति राजकुमार सापकोटा, निर्वाचन समितिका अध्यक्ष शिरिष रिजाललगायतले पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापकहरु एक भएर लाग्नु पर्ने बताए । उनीहले पेशागत हकहितका साथै विश्वविद्यालयको विकृती बिसंगति विरुद्ध लाग्न सुझाव दिनुभयो ।

नवनिर्वाचित अध्यक्ष डा. सन्देशदास श्रेष्ठले सवै प्राध्यापकहरु एक भएर लाग्ने बताए । गत चैत ५ गते सम्पन्न प्राध्यापक संघको अध्यक्षमा सहप्राध्यापक डा.सन्देशदास श्रेष्ठ, उपसभापतिमा बसन्त पौड्याल, महासचिवमा भुपेन्द्र बाराकोटी,सचिवमा जिवन थापा, कोषाध्यक्षमा नितीन भगत रसदस्यहरुमा डा. बिनिता पौडेल, यज्ञप्रसाद जमरकट्टेल, सन्नीकुमार साह र मदनबहादुर थापा निर्वाचित भएका थिए ।
………………………

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर