पूर्वाञ्चल खबर
विराटनगर / आफ्नो बुबाको स्मृतीमा विराटनगर १० सुभाष अमात्यले विरामी बस्ने प्रतिक्षालय निर्माण गरेका छन् ।

विराटनगर–७ कोशी अञ्चल अस्पताल छेउमा रहेको नेपाल क्षयरोग निवारण संस्थामा विरामी बस्ने प्रतिक्षाय निमार्ण गरि हस्तान्तर गरेका छन् । क्षयरोग दिवसको उपलक्ष्यमा अमात्यले वुवा सुवर्णबहादुर अमात्यका सम्झनामा विरामीलाई बस्नलाई एउटा प्रतिक्षाल स्थापना गरि हस्तान्तर गरेका हुन् ।
नेपाल क्षयरोग निवारण कार्यालय परिसरमा स्थापना गरीएको प्रतिक्षालय आज एक समारोहविच नेपाल क्षयरोग निवाकरण संस्थाका अध्यक्ष राजन श्रेष्ठले उद्घाटन गरेका छन् । करिव ८० हजार खर्च प्रतिक्षालय बनेकोे अमात्यले जनाएका छन् । अमात्यले सो संस्थालाई एक थान पंखा र विरामी बस्ने कुर्सीहरुसमेत दिएका छन् । प्रतिक्षालमा १५ जनासम्म बस्न सक्ने कुर्सी रहेको जनाएको छ ।