पूर्वाञ्चल खबर
विराटनगर / विराटनगरलाई फुटबल खेलको राजधानी बनाउने प्रदेश नंं१ का मुख्यमन्त्री शेरधन राईले वताएका छन् ।
विराटनगरमा जारी पाँचौ साफ महिला च्याम्पियनसिप प्रतियोगिता आज फाइनल खेल शुरु हुनुभन्दा अगाडि बोल्दै मुख्यमन्त्री राईले विराटनगरलाई प्रदेश सरकारले सबै खेलको केन्द्र बनाउने तयारीमा रहेको जानकारी दिए ।
मुख्यमन्त्री राई पूर्वाधार निर्माणको चरणमा प्रतियोगित सम्पन्न गर्न केही त्रुटी भएपनि अगामी दिन सच्याउँदै जाने भन्दै खेल प्रतिस्पर्धात्मक र गुणस्तरीय हुन गएकोमा खुशी व्यक्त गरे ।
पाँचौ साफ महिला च्याम्पियनसिप प्रतियोगिता विराटनगरमा हुनुले यहाँको परिचय मात्र होइन अन्तराष्ट्रिय क्षेत्रमा गौरव पनि बढाएको मुख्यमन्त्री राईले बताए ।
मुख्यमन्त्री राईले विजेता टीम भारत खेलाडी तथा प्रशिक्षक, रेफ्रिलाई पुरस्कार, पदक र शिल्ड तथा उपविजयीतालाई विराटनगर महानगरपाकिका प्रमुख भीम पराजुलीले पुरस्कार ,शिल्ड र पदक वितरण गरे ।