पूर्वाञ्चल खबर
विराटनगर / आज हुने पाँचौं महिला साफ च्याम्पियनसिपको नेपाल र भारत विच हुने फाइनल खेल
को टिकटको दर बढाए पछि शहिद मैदानमा तनाव भएको छ ।

अन्य खेलहरूमा २ सयदेखि ३ सयसम्म रहेको टिकटको दाम फाइनल खेलका लागि ५ सय बनाइएको छ । टिकटको दर बढाइएपछि सर्वसाधारण शहिद मैदानमा विरोधमा उत्रिएको छन् ।
टिकटको दाम महंगो भएको र टिकट दर घटाउनु पर्ने भन्दै सर्वसाधारण विरोधमा उधिएका हुन् । सर्वसाधारसणले विरोध गरेपछि टिकट खुलेको छैन । विना सूचना टिकट दर बढाइएको भन्दै दर्शकहरूले नाराबाजीसहित टिकट काउन्टर बन्द गराएका हुन् ।सुरुमा भीआईपी तर्फ तीन सय र साधारणतर्फ दुई सय रुपैयाँ टिकट दर तोकिए र हिजो साँझसम्म विराटनगरमा माइकिङसमेत गरिएको थियो ।