RUMPUM
animated ellipse animated ellipse

फाइनल प्रवेशका लागि नेपालले आज श्रीलंकासँग खेल्दै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ चैत्र २०७५, बुधबार ०७:२९
3
Shares

विराटनगर / विराटनगरमा जारी पाँचौ महिला साफ च्याम्पियनसिपको उपाधि होडमा रहेको नेपालले फाइनल प्रवेशकालागि घरेलु मैदानमा श्रीलंकासँग खेल्दैछ । नेपाल समूह ‘ए’ को विजेता बन्दै अन्तिम चारमा पुगेको नेपालले आज पहिलो सेमीफानलमा समुह वि को उपविजेता श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएको हो ।

श्रीलंकाले समूह ‘बी’ को उपविजेता बन्दै नेपालसंगको भेट पक्का गरेको हो । बुधबार दुई खेल हुँदैछ । विराटनगरस्थित सहिद रङ्गंशालामा पहिलो खेल नेपाल र श्रीलंका बिच ११ बजे हुँदैछ । दोस्रो खेल दिउँसो ३ बजे भारत र बंगलादेश बिच हुनेछ । भारत समूह ‘बी’ को विजेता टिम हो ।

नेपाल श्रीलंकालाई हराएर फाइनल पुग्ने लक्ष्यको साथ मैदान उत्रिने तयारी गरेको छ । नेपाललाई प्रतियोगिताकै बलियो टिमको रुपमा हेरिएको छ । समूह ‘ए’ को विजेता बनेर दोस्रो सेमिफाइनलमा पुगेको नेपालले दुई खेलमा गोल खाएको छैन । उद्घाटन खेलमा भुटानमाथि ३–० को जीत निकालेको नेपालले दोस्रो खेलमा बंगलादेशलाई पनि ३–० नै हरायो । बंगलादेश गत वर्षको साफ महिला च्याम्पियनसिपको उप बिजेता टिम हो ।

आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई २–० ले हराएको श्रीलंकाले भने दोस्रो खेलमा भने साविक विजेता भारतसँग ५–० गोलको फराकिलो अन्तरले पराजित भएको होे । यसर्थमा पनि श्रीलंकाभन्दा नेपाली टिमको मनोबल उच्च छ । नेपालको तुलानामा कमजोर देखिएको श्रीलंकाले २०१६ मा भारतमा सम्पन्न साफ महिला च्याम्पियनसिप पछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन । विगतका वर्षहरूमा श्रीलंकाले नेपालसँग पाँच खेल खेलेको छ । जसमा पाँचै पटक नेपालले जित निकालेको छ । पाँच खेलमा नेपालले श्रीलंकालाई जम्म १९ गोल गरेको छ । श्रीलंकाले नेपाललाइ एक गोल पनि गर्न सकेको छैन ।

आफ्नै घरेलु भूमि र दर्शकको साथको भरपुर फाइदा उठाउँदै सेमिफानलमा श्रीलंकासाँग आक्रमक खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बताएका छन् । उनले फाइनल यात्रा तयका लागि टोली तयार रहेको बताए । श्रीलंकाविरुद्ध खेल्नुअघि प्रशिक्षक खड्काले फाइनल पुग्न खेलाडीहरु मानसिक र शारीरिक रुपमा तयार रहेको बताए । तुलनात्मक रुपमा कमजोर मानिएको श्रीलंकामाथि प्रशिक्षक खड्काले आक्रामक खेल प्रदर्शन गर्ने योजना रहेको बताए ।

‘प्रतिद्वन्दीलाई कमजोर मान्ने छैनौ । खेल हेर्दा हामी बलियो छौ,’ प्रशिक्षक खड्काले भने, ‘श्रीलंकालाई ईज्जत गरेर खेल्नेछौ । आफ्नो स्वभाविक खेल प्रर्दशन गर्नेछौ । अभ्यासमा सिकेको कुरालाई मैदानमा कार्यान्वयन गर्नेछौ ।’ डिफेन्समा जोड दिएर काउन्टर आक्रमणको प्रयास गर्ने उनले बताए । नेपाली टिमकी कप्तान निरु थापाले प्रतिद्वन्द्वीलाई कमजोर रुपमा नलिई सतर्क भएर खेल्ने बताएकी छन् । टिमले राम्रो प्रदर्शन गर्दै आइरहेको र सेमिफाइनलका लागि अझै मिहिनेत गर्ने उनले बताइन् ।

श्रीलंकाले नेपालविरुद्ध रक्षात्मक खेल खेल्ने छ । विशेषगरी सावित्रा भण्डारी र निरु थापा उनीहरुको लागि टाउको दुखाई बनेका छन् । श्रीलंकाका मुख्य प्रशिक्षक रोहन थिलाक अल्पोन्सुले नेपालसँग सेमिफाइनलमा आक्रामक रुपमा प्रस्तुत हुने बताए । यो पटक पनि राम्रो तयारी गर्न नपाएपनि आक्रमक रुपमा मैदान उत्रिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर