AArya
RUMPUM
animated ellipse animated ellipse

सप्तकोशी नदीमा पानी जहाज सञ्चालन गर्ने बारेमा विराटनगरमा छलफल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ चैत्र २०७५, सोमबार १८:३१
3
Shares

विराटनगर / सप्तकोशी नदीमा पानी जहाज तथा स्टिमर सञ्चालन गर्ने बारेमा विराटनगरमा छलफल शुरू भएको छ ।

बराह क्षेत्र मरिन एण्ड रिसोर्ट प्रा.लि.ले आज विराटनगरमा प्रदेश १ मा पानी जहाजको सम्भावनाको बारेमा सोलुखुम्बु, खोटाङ, उदयपुर र ओखलढुङ्गाका स्थानीय तहका जनप्रतिनिधि तथा प्रदेश र संघीय सांसदसँग छलफल थालेको हो । बराह क्षेत्र मरिन एण्ड रिसोर्ट प्रा.लि ले ४ वटा मोटर बोट भित्र्याएर काम शुरू गरेसँगै आएका समस्याको बारेमा छलफल शुरू भएको हो । कम्पनीले उत्साहभन्दा बढी चुनौती भएको जनाएको छ । नदीमा ढुङ्गाका कारण चलाउन समस्या छ । दक्ष चालक हुँदाहुँदै पनि लाइसेन्स नहुँदा चालकलाई निक्कै नै समस्या रहेको सञ्चालकको भनाइ छ ।

राष्ट्रिय महत्वको विषयलाई झन्झटको रूपमा दिइनु हुँदैन भन्ने हुँदाहुँदै पनि विभिन्न नाममा दुस्ख दिने र झन्झट दिने काम भइरहेको सञ्चालक नविनकुमार पौडेलले बताए । ‘बिजुलीको मिटर सिफारिससमेत नदिने गरेको कारण निक्कै अफ्ट्यारो छ,’ उनले भने, ‘भोजपुरको सिम्लेसम्म पुगेर फर्कनु पर्ने बाध्यतालाई टार्न मिल्दैन ।’

त्यो बीचमा ज्यानमारे ढुङ्गा समस्याको रूपमा रहेको छ भने बराह क्षेत्रभन्दा अलिक तल ठूला २ छालहरू नै खतराका रूपमा रहेकोले त्यसलाई ब्लाष्ट गर्नुपर्ने अवस्था रहेको बराह क्षेत्र मरिन एण्ड रिसोर्ट प्रा.लि.का सञ्चालक कुमार पौडेलले जानकारी दिए । उनले ताप्लेजुङको काबेली नदीसम्म मोटर बोट लग्न सकिने अवस्था रहेको सुनाउँदै त्यसका लागि केही पहल राज्यको तर्फबाट गर्नुपर्ने सुनाए । काबेलीसम्म जल यातायात र्पुयाउनको लागि १५ जनासम्मका जहाज चलाउन सकिने स्पष्ट पारे ।

पौडेलले अहिले भोजपुरको सिम्लेसम्म गएकोमा अब रानीघाट, हुँदै घुर्मी र नेपालथोकसम्म मोटर बोट चलाउन सकिने दाबी गरे । यसरी सञ्चालन भएको मोटर बोट व्यवसाय मात्र नगरी रोजगारीको सिर्जना, जैविक विविधता संरक्षणको लागि पनि काम हुने स्पष्ट पारे । उनले मोटर बोट चलाउनको लागि बराह क्षेत्र नगरपालिकाले १ वर्षको लागि कर छुटसहित आह्वान गरेपनि काम थालिएको पौडेलको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर