AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विश्वको आकर्षक पर्यटकीय गन्तव्यको रुपमा वर्जु ताललाई विकास गरिने : प्रम ओली

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ चैत्र २०७५, आईतवार २१:३३
3
Shares
विराटनगर / वर्जु ताल प्रदेशको पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

सुनसरी जिल्लाको वर्जु गाउँपालिका–स्थित वर्जु ताल निरीक्षण एवम पार्टी प्रवेश कार्यकमलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी जेठ १५ गते अगाडी गुरु योजना तयारी पेश गरी वजेट विनियोजन गरी विश्वको आकर्षक पर्यटकीय गन्तव्य रुपमा यस क्षेत्रको समूचित विकास गरिने बताए ।

प्रधानमन्त्री ओलीले वर्जु तालको स्थापना द्वापरयूगमा भएको चर्चा गदै यसक्षेत्रको आगमनका लागि स्तरीय वाटोघाटोको निर्माण र ताललाई हरियाली वनाई मनोरञ्जन क्षेत्रको रुपमा वर्जु ताल क्षेत्रको विकास गरी प्रदेशकै नमूना पर्यटकीय स्थलको रुपमा विकास गरिने वताए ।

महाभारतकालिन इतिहास वोकेको वर्जु ताल वरपरी हरियाली वनाई साइवेरियाको चराका वासस्थानको रुपमा परिणत गर्नु पर्नेमा जोड दिदै प्रधानमन्त्री ओलीले यस क्षेत्रलाई कोशी किनारको पवित्र स्थलमाको विकाश गर्नु पर्ने बताए ।

प्रधानमन्त्री ओलीले तालको वरपरी रहेको ५१ विघा जग्गा अधिकरण गरी प्रदेशको रमणीय स्थलको विकास गरी स्थानीय जनताको आर्थिक उन्नतिमा ताले सघाउ पुग्ने वताए ।

भ्रष्टाचार निर्मूल गरी मुलुकमा सुशासन कायम गरी जनताको विकास प्रतिको चाहनालाई वर्तमान सरकारले पुरा गर्ने समेत प्रधानमन्त्री ओलील वताए ।

पृथकतावादी आन्दोलन, विखण्डनवादी आन्दोलन त्याग गरि वर्तमान संविधानलाई स्वीकार गरि सक्रिय राजनीतिमा आउनेलाई सरकारले स्वागत गर्ने वताउँदै प्रधानमन्त्री ओलीले जनतामा आतंंक सृर्जना गरी हत्या हिंसा छोडी हतियार वुझाउन सम्वन्धित पक्षलाई आग्रह समेत गरे ।

प्रधानमन्त्री ओलीले जनताको परिवर्तनको अनुभूतिलगायत विकास र समृद्धको चाहना वर्तमान सरकारले पुरा गरी भ्रष्टाचार मुक्त समाजको निर्माण गरी मुलुकमा शुसाशन कायम गर्ने बताए ।

नेपाल कम्यूनिष्ट पार्टी( नेकपा )की केन्द्रीय सदस्य भगवती चौधरीले यस क्षेत्रलाई विशेष औद्योगिक क्षेत्र करिडोरको रुपमा गुरु योजना तयार गरी जनतालाई रोजगारी उपलव्ध गराउन संघीय सरकारलाई अनुरोध गरिन् । सो अवसरमा वर्जु ताल विकास समितिका अध्यक्ष वालिम चौधरीसहित ४ सय जना विभिन्न राजनैतिक पार्टीका नेता तथा कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन् ।

वर्जु ताल विकास समितिका सचिव विबट सिंह श्रेष्ठले विस २०७३ सालमा नेपाली सेनाले तालको समुचित व्यवस्थापन लागि ३ करोड ६५ लाख खर्च गरेको वताए ।
वर्जु ताल १५३ विघामा फैलिएका छ भने हिउँद महिना दैनिक एक हजार वढी स्वदेशी विदेशी नागरिकले अवलोकन गर्ने गरेका छन् ।

तालमा घुम्नका लागि १५ वटा डुङ्गा सहित वालमनोरन्जन स्थल, वनभोज स्थल आदिको व्यवस्था गरिएको छ । वर्जु ताल विराटनगर महानगरपालिकावाट १२ किलोमिटर पश्चिम सुनसरी जिल्लाको वर्जु गाउँपालिका वडा नं ६ चिमडीमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर