CLASSICTECH NET

जंगलमा भएको आगलागी गाउँ पस्दा तीन घरमा क्षति

खबर पूर्वाञ्चल, ३ चैत्र २०७५, आईतवार १७:५२
फाइल तस्वीर

तेह्रथुम / तेह्रथुमको लालिगुराँस नगरपालिका ६ सालघारी सामुदायिक वनमा लागेको आगो गाऊँमा पस्दा जलेर तीन घर क्षति भएको छ ।

आज बिहान साढे ११ वजे जंगलमा लागेको आगलागी फैलिदै गाउँमा पस्दा स्थानीय सुकबहादुर लिम्बु, समिर लिम्बु र चन्द्रबहादुर लिम्बुको घर जलेर नस्ट भएको हो । सुकबहादुर लिम्बुको ढुङगा माटोले बनेको २ तले कच्ची घर र नजिकै रहेको गाईगोठसमेत जलेर नष्ट हुँदा अन्दाजी ४ लाख बराबरको क्षति भएको छ ।

यसैगरी छिमेकी समिर लिम्बुको घर जलेर नष्ट हुँदा अन्दाजी २ लाख बराबरको र चन्द्रबहादुर लिम्बुको घर जलेर नष्ट हुँदा अन्दाजी ३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा करिव तीन घण्टापछि पूर्ण रुपमा नियन्त्रणमा आएको छ भने कुनै पनि मानवीय तथा चौयापा क्षति नभएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५