पूर्वाञ्चल खबर
बेलवारी / बेलवारी ११ लक्ष्मीमार्ग स्थीत तीन महिने निःशुल्क कम्प्युटर तालिम आज सम्पन्न भएको छ ।
बेलवारीको ११ नम्वर वडा कार्यलयको आर्थीक सहयोग र लक्ष्मीमार्ग स्थीत रहेको एड्भान्स कम्प्युटर इन्स्टिच्युटको प्राबिधिक सहयोगमा तालिम सञ्चालन भएको थियो । तालिममा ३५ जना स्थानीय यूवा तथा यूवतीहरु सहभागी रहेका थिए ।
इन्स्टिच्युटको हलमा भएको समापन कार्यक्रममा बेलवारी ११ का वडा अध्यक्ष यामबहादुर पोख्रेल (राजन)ले तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरृेका थिए। तालिम सञ्चालनले विद्यार्थीहरुलाई कम्प्युटर प्राविधिक बन्न मद्दत पुगेको र आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने इन्स्टिच्युटका सञ्चालक नवल चौधरीले बताए ।