RUMPUM
animated ellipse animated ellipse

अर्याललाई अन्तराष्ट्रिय लाईन जजको मान्यता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ चैत्र २०७५, शनिबार २०:४०
3
Shares

काठमाण्डौं / ब्याडमिन्टन एशियाका अम्पायर उदयकुमार अर्याललाई बिश्व ब्याडमिन्टन महासंघले अन्तराष्ट्रिय लाईन जजको मान्यता प्रदान गरेको छ ।

अर्याललाई जनवरी १, २०१९ देखि लागु हुने गरि अन्तराष्ट्रिय लाईन जजको प्रमाण पत्र प्रदान गरेको नेपाल ब्याडमिन्टन संघले जनाएको छ ।

सन् २००० मा जापानको क्योटोबाट ब्याडमिन्टन एशियाको अन्तराष्ट्रिय अम्पायरको मान्यता पाएका नेपाल बिद्युत प्राधिकरणमा कार्यरत अर्यालले आगामी दिनमा एशियाली तथा बिश्वस्तरका विभिन्न ठूला प्रतियोगिताहरुमा लाईन जजको भूमिका निर्वाह गर्न पाउने छन् ।

हाल उनले एशियामा आयोजना हुने बिश्व ब्याडमिन्टन महासंघ र ब्याडमिन्टन एशियाको मान्यता प्राप्त बिभिन्न प्रतियोगिताहरुमा अम्पायरको भूमिका निर्वाह गर्दै आईरहेका छन् । यस अघि नेपालका दीपक थापाले रियो ओलम्पिकमा लाईन जजको भूमिका निर्वाह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर