साफ महिला च्याम्पियनसिपमा समूह विजेताको लागि बंगलादेशसँग नेपाल खेल्दै

खबर पूर्वाञ्चल, २ चैत्र २०७५, शनिबार ०८:४३

विराटनगर /पाँचैं साफ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत आज समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग नेपालले प्रतिस्पर्धा गर्दैछ ।

नेपालले बंगलादेशसँग खेल्दा नेपाललाई कुनै दबाव छैन । भुटानले लगातार दुई खेल हारेसँगै दुवै टोली यसअघि नै सेमिफाइनलमा यात्रा गरिसकेका छन् । समूह विजेता बन्न नेपाललाई बराबरी भए पनि पुग्छ । नेपाल समूह विजेता बन्ने लक्ष्यका साथ आज मैदानमा उत्रने छ ।

विराटनगरको शहिद रंगशालामा हुने खेलमा दुवै टिम जित हात पार्दै समूह विजेता बन्ने लक्ष्यमा छन् । एक खेल अगावै सेमिफाइनल पुगेका नेपाल र बंगलादेश सेमिफाइनलमा दबाव मुक्त गर्न आजको खेल जित्नै पर्ने लक्ष्यमा छन् । नेपालले पहिलो खेलमा भुटानलाई ३–० गोल अन्तरले पराजित गरेको थियो भने बंगलादेशले भुटानलाई २–० गोलअन्तरले पराजित गरेको थियो । दुवै खेलमा भुटान पराजित भएपछि नेपाल र बंगलादेश एक खेलअघि नै अन्तिम चारमा प््रवेश गरेका हुन् ।

यसका बाबजुद यो खेल निकै महत्वपूर्ण रुपमा हेरिएको छ । कारण महिला साफको सबैभन्दा सफल टोली साविक विजेता भारतलाई सेमिफाइनलमा नभेट्नु नेपाल र बंगलादेश दुवैको लक्ष्य हुनेछ । सेमिफाइनलमा भारतलाई सामना नगर्न नेपाल र बंगलादेश दुबै समूह विजेता बन्ने लक्ष्यमा हुनेछन् । आज हुने खेलको नतिजाले समूह ए को विजेताको टुंगो लाग्ने छ । समूह ए को विजेताले समूह बी को उपविजेताको सेमिफाइनलमा सामना गर्नेछ । आइतबार श्रीलंकाविरुद्धको खेलमा भारत विजयी हुने अनुमानका आधारमा पनि नेपाल र बंगलादेश दुवै समूहको विजेता बन्ने लक्ष्यमा हुनेछन् ।

महिला साफ च्याम्पियनसिपमा भारत पछिको सफल टोली नेपाल हो । सबै चार संस्करण भारतले जित्दा चौथो बाहेक सबै फाइनलमा भारतले नेपालसँग खेलेको छ ।

नेपाल साफ च्याम्पियनसिपमा भारतसँग मात्र पराजित भएको छ । त्यसैले नेपाल भारतलाई सेमिफाइनलमा पाउन चाहँदैन । अघिल्लो संस्करणमा नेपालले सेमिफाइनलमा भारतको सामना गर्नुपरेको थियो । जसमा नेपालले भारतलाई पार लगाउन सकेन । भारत र नेपाल पछि अर्को सफल टोली बंगलादेश हो । जसले तीन वर्षअघि भारतमा भएको चौंथो संस्करणमा पहिलो पटक फाइनल खेलेको थियो ।

घरेलु मैदान र दर्शकको साथ पाएको नेपाली महिला टोली उच्च मनोबलका साथ मैदनामा उत्रने छ । प्रशिक्षक हरि खड्काले भुटानसँगको खेलको कमजोरी बंगलादेशविरुद्धको खेलमा दोहोरिन नदिने बताएका छन् । प्रशिक्षक खड्काले जितको लक्ष्यसहित आक्रमक खेल्ने र सँगसँगै सतर्क रहेन बताएका छन् । हामी उनीहरुको कमजोरीको फाइदा उठाउँदै अघि बढ्नेछौं। तर, हामीले पनि सम्हालिएर खेल्नुपर्ने हुन्छ ।

नेपालले बंगलादेशलाई साफ च्याम्पियनसिपमा सधै हराएको छ ।
सन् २०१० मा भएको पहिलो संस्करणमा बंगलादेशलाई ३–० ले पराजित गरेको नेपालले २०१४ मा १–० को जित दर्ता गरेको थियो । समूह चरणको नेपाल र बंगलादेश दुबैका लागि महत्वपूर्ण भएकोले प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

साफमा नेपालले २० खेलमा १६ मा जित र ४ मा पराजित रहेको छ भने बंगलादेशले साफमा १६ वटा खेलमा ८ जित, १ बराबरी र ७ मा पराजित भएको छ
नेपालले पछिल्लो पाँचवटा अन्तराष्ट्रिय खेलमा ३ मा जित २ मा पराजित भएको छ । नेपालले भारतमा आयोजित वुमन्स गोल्डकप इरानलाई ३–० , भारतलाई १ का विरुद्ध २ र साफमा भुटानलाई तीन शुन्यले पराजित गरेको छ ।त्यसैगरी, वुमन्स गोल्डकपमै म्यानमारसंग भने पहिलो खेलमा ३–० गोल र फाइनलमा १ का विरुद्ध ३ गोलले पराजित भएको थियो ।

यता बंगलादेशले पछिल्लो पाँच अन्तराष्ट्रिय खेलमा ३ मा जित २ मा पराजित भएको छ । नेपाली टोलीको भर अनुभवी कप्तान निरु थापामाथि रहने देखिएको छ । ३६ क्याप जितेकी निरुले हालसम्म ११ गोल गरिसकेकी छिन् ।निरुवाहेक अनुभवी स्ट्राइकर सावित्रा भण्डारी र यूवा गोलकिपर अन्जली तुम्बाफो बंगलादेशविरुद्ध तगारो सावित हुने छन् ।

तपाईको प्रतिक्रिया

lordbuddha academy
GREENLAND
ARNIKO
EVREST
KVM
budhanilakanth
kantipur
SAGARMATHA-2075
ORCHID
greded

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५