खानेपानीका लागि छलफल

खबर पूर्वाञ्चल, १ चैत्र २०७५, शुक्रबार २२:३९

विराटनगर । विराटनगरमा स्वच्छ खानेपानी व्यवस्थापनका विषयमा विराटनगर महानगर र जापान अन्तराष्ट्रिय सहयोग नियोग जाइकाका प्रतिनिधिहरु वीच आज विराटनगरमा छलफल भएको छ ।

विराटनगरको खानेपानी र यसका सम्भाव्यता र स्थानका विषयमा छलफल भएको हो । जाइकाले महानगर भित्र आबश्यक जग्गाको प्रबन्धसहित शहरको अवस्था अध्ययन गर्ने समय दिन अनुरोध गरेको छ । मेयर भीम पराजुलीले नगरवासीहरुलाई शुद्धखानेपानीको प्रबन्ध मिलाउन जाइकासंग समन्वय र सहयोग मागिएको बताए । उनले जाइकासंगको सहकार्यमा महानगरभित्र १ घर १ धाराको अबधारणा अनुरुप काम गर्न लागिएको जानकारी दिए ।

जाइकाको प्रतिनिधि मण्डलका प्रोग्राम एडभाइजर ताकासी साइकीले विराटनगरको खानेपानि अवस्था अध्ययन सहित काम गर्न इच्छुक रहेको बताए । विराटनगरमा अहिले खानेपानीको अवस्था अत्यन्त दयनिय रहेको छ । ५६ वर्ष अगाडी गाडिएका खानेपानीको पायपहरु प्रायः लिक भएका छन् भने शुद्ध खानेपानी नहुँदा महानगरवासी प्रताडित बन्न पुगेका छन् ।

तपाईको प्रतिक्रिया

lordbuddha academy
GREENLAND
ARNIKO
EVREST
KVM
budhanilakanth
kantipur
SAGARMATHA-2075
ORCHID
greded

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५