पूर्वाञ्चल खबर
विराटनगरमा आज नेपाल टेलिकम वर्कस युनियनको क्षेत्रीय समितीको १२ औ अधिवेशनलाई सम्बोध गर्दै उनले प्रचण्डको मार्ने षडयन्त्र भइरहेको भन्ने भनाइमा कुनै तुक नभएको बताएका हुन् । नेता डा.कोइरालाले डरपोकहरुलाई मात्र मार्ने बताए ।
डा.कोइरालाले विखण्डनकारी संगको सहमति र विप्लब माओवादी माथिको प्रतिबन्धले न्ययपालीका र सरकारको विचमा मिलेमतो प्रष्ट देखिएको बताए । उनले स्वतन्त्र मधेस गठबन्धनको सदस्यता समेत नत्यागेका सिके राउतसँग आफ्नै पार्टीलाई सुइको समेत नदिइ छुटेको भोली पल्ट सम्झौताले सरकारको योजना प्रष्ट परको बताए ।
माओवादी पार्टीलाई आतंककारी घोषणा गरेर सरकार आगाडी बढनु गलत भएको बताए । नेपालको राजनैतिक परिप्रेक्षमा समाधान विकल्प वार्ता बाहेक नरहेको बताए । सिके राउतसँग होस या माओवादीसँग होस त्यसको समाधान बार्ता मात्र भएको उनको धरणा थियो । डा.कोइरालाले प्रचण्ड,बाबुराम,बादल पनि वार्ताकै माध्यमबाट मुलधारको राजनितिमा आएको स्मरण गराएका थिए ।
सिके राउतको कृयाकलापको निगरानी अत्यन्तै आवश्यक रहेको डा. कोइरालाले बताए । विखण्डनकारी गतिविति गरे फेरी पुरानै अवस्थामा फर्काउन सरकारले सक्नु पर्नेमा उनले जोड दिए ।