विराट गोल्डकपको तयारी हुँदै

खबर पूर्वाञ्चल, ३० फाल्गुन २०७५, बिहीबार २०:१४
फाइल तस्वीर

विराटनगर / नेपालको चर्चित अन्तराष्ट्रिय गोल्डकपमध्ये विराटनगरमा हुने विराट गोल्डकप गर्ने तयारी थालेका छन् ।

विराटनगरमा आज विराट गोल्डकप ट्रष्टले प्रतियोगिता आयोजना गर्न आयोजित छलफलमा सहभागीले यस पटक पनि गोल्डकपलाई निरन्तरता दिनु पर्ने बताएका थिए । छलफलमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष किशोरलाल अमात्य, कार्यालय प्रमुख देवराज कट्वाल, गोल्डकप ट्रष्टका पदाधिकारी, मोरङ जिल्ला फुटबल संघका अध्यक्ष दीपेन्द्र धिमाल र संघका पदाधिकारी, क्षेत्रीय खेलकुद विकाश समितिका चण्डीराज बास्तोला, उद्योग व्यापारी तथा पूर्व फुटबलरको उपस्थिति रहेको थियो ।

विराट गोल्डकप ट्रष्टका कार्यवाहक अध्यक्ष सन्तोष बानियाले भने, छलफलबाट यस पटक पनि भव्य रुपमा गोल्डकप आयोजना गर्ने निर्णय गरेका छौं । यस पटक पनि प्रतियोगिताको आयोजक समितिका मुख्य संयोजकका रुपमा उद्योगी नवीन रिजाललाई निरन्तरता दिँदै प्रतियोगिता आयोजनाको जिम्मेवारी दिने भएका छौं । छलफलका क्रममा पहिलो काम फ्लड लाइटका लागि सम्बन्धित निकायलाई चाँडो व्यवस्थापन गर्न दबाब दिने । एन्फासँग नयाँ मितिका लागि पहल गर्ने तथा सबै प्रक्रिया समयमै भए जेठमा रात्रीकालीन गोल्डकप आयोजना गर्ने भएका छौं, बानियाले भने ।
‘विराटनगरमा मात्रै नभएर देशमै चर्चित रहेको विराट गोल्डकप आयोजनको जिम्मेवारी रिजाललाई दिएसँग आन्तरिक तयारीमा जुटेका छौं,’ बानियाले भने, ‘लाइटको समयमै व्यवस्थापन र एन्फाले गोल्डकपको मिति तय गरिदिए रात्रीकालीन गर्न सक्ने विगतको अनुभवले बताएको छ ।’

गत वर्षको विराट गोल्डकप नयाँ स्वादमा भएको हुँदा दर्शक सोचेभन्दा उल्लेखनीय उपस्थितिले हामीलाई प्रतियोगिता गर्न थप उत्साह जगाएको छ । त्यही भए पनि हामीले रात्रीकालीनका लागि पहल गरेका हौं, बानियाले भने । यस पटकको गोल्डकपको मिति चैत ९ गते एन्फाले तोकेको थियो । ‘यो मितिमा विराटनगरले पहिलो पटक काठमाडौंपछि अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न पाउँदा यहाँका खेलाडी तथा खेलकुद प्रेमी धेरै खुशी भएका छन्,’ बानियाले भने, ‘अब विराटनगरले पनि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्षम भएको र अहिले भइरहेको साफ महिलालाई सबैले सहयोग गर्दै लैजान सके भविष्यमा अरु पनि अन्तर्राष्ट्रिय प्रतियोगिता यहाँ आयोजना गर्न एन्फालगायत अन्य निकायले सोच्न बाध्य हुने छन् ।’
गत वर्ष भएको विराट गोल्डकप रात्रीकालीन आयोजना भएको थियो । उक्त प्रतियोगिताको उद्घाटन खेलदेखि नै अत्यधिक दर्शकको उपस्थिति रहेको थियो । यो रात्रीकालीन प्रतियोगिता आयोजना गर्न काठमाडौंपछि विराटनगर नै पहिलो भएको थियो ।

तपाईको प्रतिक्रिया

lordbuddha academy
GREENLAND
ARNIKO
EVREST
KVM
budhanilakanth
kantipur
SAGARMATHA-2075
ORCHID
greded

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५