सञ्चार क्षेत्रले बालसंवेदनशीलतामा ख्याल गर्नु पर्ने

खबर पूर्वाञ्चल, २९ फाल्गुन २०७५, बुधबार २१:२७

विराटनगर / बालबालिकाको विषयमा समाचार लेख्दा बालसंवेदनशीलताको पक्षलाई ख्याल गर्न सञ्चारकर्मीहरुलाई सुझाव दिइएको छ ।

आज विराटनगरमा केन्द्रीय बालकल्याण समितिले पत्रकार महासंघ १ नं. प्रदेश समितिको सहकार्यमा आयोजना गरेको प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा यस्तो सुझाब दिइएको हो ।

बालकल्याण समितिका राष्ट्रिय कार्यक्रम सल्लाहकार ज्ञानेन्द्र श्रेष्ठले बाल मस्तिष्कमा नकारात्मक असर पर्ने कुनैपनि गतिविधि र क्रियाकलाप नहुने गरी सञ्चार क्षेत्रले सामग्रीहरु प्रस्तुत गर्नुपर्ने बताए ।

कार्यक्रममा बालबालिकाहरुको हित अभिवृद्धि गर्नका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताइएको थियो । त्यसका लागि नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल, सूचना विभाग र केन्द्रीय बाल कल्याण समितिले संयुक्तरुपमा बालमैत्री सञ्चार निर्देशिका तयार पारेको भन्दै त्यस विषयमा पत्रकाहरुलाई जानकारी दिइएको थियो ।

आम सञ्चार माध्यमले बालबालिका सम्वन्धिका घटनाहरु, असर पार्ने सामग्रीहरु, लक्षीत सामग्रीहरु बालबालिकाको सहमागिता सम्वन्धि सामग्रीहरुका क्षेत्रमा प्रभाव पार्ने भएकोले ध्यान दिन आग्रह गरिएको छ । त्यस्तै सञ्चारमाध्यमले गर्न हुने र गर्न नहुने कुराहरुको बारेमा पनि विद्यमान कानून तथा निर्देशिकाहरुमा स्पष्ट व्यवस्था भएकोले ध्यान दिन सञ्चारकर्मीहरुलाई आग्रह गरिएको छ ।

अन्तरक्रिया कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव हरीप्रसाद दाहालले प्रदेश १ मा बालबालिकाहरुको समग्र अवस्थाको बारेमा जानकारी दिए । उनले सामाजिक सुधार एकै पटक सम्भव नहुने र विगतको तुलनामा क्रमस सकारात्मक तथ्यांकहरु आइरहेकोले सकारात्मक पक्षलाई जनसमक्ष लैजानु पर्ने बताए ।

कार्यक्रममा पत्रकार यज्ञ शर्माले सञ्चार क्षेत्रमा बालबालिकाका सवाल र आचारसंहिताको विषयमा चर्चा गरे । उनले अहिले बालबालिकाहरुको नाममा विनियोजन भएको बजेटबाट जनप्रतिनिधिहरु र कर्मचारीहरुले भ्रमण गरेर बजेट खर्च गर्ने क्रम बढेको भन्दै पत्रकारहरुले त्यसलाई समाचारको विषय बनाउनु पर्नेमा जोड दिए । उनले विगतमा बालक्लवहरुको गठन र सञ्चालनको अवस्था निकै राम्रो भएपनि पछिल्लो समयमा बालक्लवहरु भेटाउनै मुस्किल भइरहेको तथा बालमैत्री शासनको कुरा करिव कार्यान्वयन नभएको अवस्थामा पुगेकोले त्यसलाई पनि सञ्चार क्षेत्रले ध्यान दिन सक्ने जानकारी दिए ।

तपाईको प्रतिक्रिया

lordbuddha academy
GREENLAND
ARNIKO
EVREST
KVM
budhanilakanth
kantipur
SAGARMATHA-2075
ORCHID
greded

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५