CLASSICTECH NET

पाँचौं महिला साफ च्याम्पियनसिपमा साविक विजेता भारतले माल्दिभ्सको पोष्टमा ६ गोल

खबर पूर्वाञ्चल, २९ फाल्गुन २०७५, बुधबार १७:४६

विराटनगर . विराटनगरमा भएको पाँचौं महिला साफ च्याम्पियनसिपमा साविक विजेता भारतले माल्दिभ्सविरुद्ध सहज जित निकालेको छ ।

आज भएको खेलमा भारतले माल्दिभ्सलाई ६–० को पराकिलो गोलले पराजित गरेको हो । भारतको जितमा सन्जुले दुई गोल गरिन् । ग्रेस डाङमी, सन्धिया रंगनाथन, इन्दुमाथी कठिरेसन र रतनबाला देवी नोङमाइथेमले गोल गरे ।

भारतको महिला साफमा अहिलेसम्म पराजितको मुख हेर्नु परेको छैन । भारतले यस अघि महिला साफमा १९ खेलको अपराजित यात्रा गरेको छ । भारतले खेलको आठौँ मिनेटमा नै अग्रता लिएको थियो ।

भारतले खेलको आठौँ मिनेटमा अग्रता लिएको थियो । भारतका लागि ग्रेस डाङमीले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । पहिलो गोल गरेको ५ औँ मिनेटमा सन्धिया रङ्गनाथले गोल गर्दै भारतको अग्रतालाई दोब्बर पारिन् ।
खेलको २२ औ मिनेटमा भारतकी ईन्दुमती काथिरसेनले गोल गर्दै भारको अग्रता ३–० बनाइन् । २७ औ मिनेटमा सञ्जुले गोल गर्दै भारलाई ४–० को अग्रता दिलाइन । निकै नै आक्रामक देखिएको खेलको पहिलो हाफको इन्ज्यूरी समयमा रतनबालादेवी नोन्गामाइथिमले गोल गर्दै भारतलाई पहिलो हाफमा ५–० गोलको अग्रता दिलाइन् । रतनबालादेवीले डिबक्स नजिकबाट गरेको प्रहारलाई माल्दिभ्सकी गोलकिपर अमिनाथ लीजाले जर्ज गर्न नसक्दा बलले जाली चुमेको थियो ।

पहिलो हाफमा ५–० को फराकिलो गोल अन्तरको अग्रता बनाएको भारतले दोस्रो हाफमा आक्रमक खेल खेलेको थियो । तर माल्दिभ्सले भने रक्षात्मक खेल खेल्यो । खेलको ९०औं मिनेटमा भारतका लागि सन्जुले थप गोल गर्दै भारतलाई ६–० को फराकिलो गोलको जित दिलाएकी हुन् । भने सन्जुले ब्याक्तिगत २ गोल गरिन् । शुरुदेखिनै आक्रमण खेल खेलेको भारतले गोल गर्ने राम्रो मौका गुमाए पछि थप गोल गनैृ चुकेको थियो । खेल अवधिभर भारतले माल्दिभ्सलाई दबाबमा राखेको थियो ।
प्रतियोगिताअन्तर्गत बिहीबार बंगलादेशले भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५