AArya
RUMPUM
animated ellipse animated ellipse

तेलभन्दा खानेपानी दोब्बर महँगो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ फाल्गुन २०७५, शनिबार ०८:२९
3
Shares


रामेछाप / तेलभन्दा पानी महँगो छ भन्दा अनौठो लाग्न सक्छ । यर्थाथ यही हो । महिनाको ३ सयले भान्सामा तेल पुयाउने परिवारले सामान्य खानेपानीको जोहो गर्दा ६ सय रुपैयाँ तिर्न बाध्य हुनुपरेको छ ।

जलवायु परिर्वनले परम्परागत स्रोतहरु सुकेपछि रामेछापको दक्षिणी क्षेत्रका अधिकांश स्थानमा बिजुलीबाट पम्प गरेको पानी खान स्थानीय बाध्य छन् । बिजुलीको महसुल असाध्यै महँगो हुँदा सामान्य परिवारका लागि खानेपानी
तेलभन्दा खर्चिलो हुन थालेको हो ।

जिल्ला सदरमुकाम मन्थलीमा वितरण गरिएको खानेपानीको मासिक शुल्क न्यूनतम ६ सय छ । ‘मेरो परिवारमा ३ जना छौँ, पानी महिनाको ६ सयको लाग्छ, जब कि ३ सयको खाने तेलले महिना गुजार्छु,’ मन्थलीका टेकबहादुर भुजेलले भने । भजेलजस्ता सामान्य आय नभएका परिवारलाई मुख रसाउने कुरा असमान्य बन्दै गएको छ । समाचार कान्तिपुर दैनिकले प्रकाशित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर