पूर्वाञ्चल खबर
विराटनगर /विश्वचर्चित अमेरिकी प्राध्यापक इलेन बुथ चर्चले विराटनगरमा प्रशिक्षण दिएकी छिन् ।
विराटनगर बरगाछीमा रहेको अमेरिकन सिकाई पद्धतिमा सञ्चालीत किण्डर पिलर मन्टेश्वरी स्कूलले आयोजना गरेको सफल अभिभावक प्रिस्कूल कार्यक्रममा अमेरिकी प्राध्यापक चर्चले प्रशिक्षण दिएकी हुन् ।
एक वर्ष अघि सञ्चालनमा आएको मन्टेश्वरी स्कूलले प्राध्यापक चर्चले आज विराटनगरमा करिव ४५ मिनेट प्रशिक्षण दिएकी किण्डर पिलर मन्टेश्वरी स्कूलकी सञ्चालक श्रुती शर्मा बताईन् । प्राध्यापक चर्चले बालवालिकाको मनोविज्ञान बुझेर कसरी अगाडी बढ्ने लगायतको बारै दिएको प्रशिक्षण कार्यक्रममा मोरङ र सुनसरीको मन्टेश्वरी स्कूलबाट करिव ४५ जना शिक्षक तथा शिक्षिकाहरुको सहधागि रहेको थियो ।
प्राध्यापक इलेन बुथ चर्चसँगै किण्डर पिलर मन्टेश्वरीका केन्द्रीय कार्यलयकी अरविन्दर कौरले समेत प्रशिक्षण दिएकी सञ्चालक शर्माले जानकारी दिईन् । अमेरिकन पद्धतीमा सञ्चालित स्कूल नेपालका विभिन्न शहरहरुमा सञ्चालनमा रहेका छन् । इटहरीको किण्डर पिलर मन्टेश्वरी स्कूलले नेपालको उत्कृष्ट किण्डर पिलर मन्टेश्वरी स्कूलको अवार्डबाट पुरस्कृत भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी विराटनगर महानगर पालीकाका प्रमुख भीम पराजुली रकिण्डर पिलर मन्टेश्वरी स्कूल विराटनगरकी सञ्चालीका श्रुती शर्माले बोलेका थिए ।