पूर्वाञ्चल खबर
सुनसरी / सुनसरीको धरान उप महानगरपालिका ८ तिनकुनेबाट ५७६ ट्याब्लेट स्पास्मोप्रोक्सिवन सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो राती साढे १० बजेको समयमा अस्थायी प्रहरी पोष्ट तिनकुनेबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले ईटहरीबाट धरानतर्फ जाँदै गरेको को १ ह ६५५७ नम्बरको टेम्पोलाई रोकी चेकजाँच गर्ने क्रममा टेम्पोमा सवार धरान १५ का ३६ बर्षीय बिकाश लामा, धरान ६ का २४ बर्षीय दिनेश खड्का, धरान ५ का ३७ बर्षीय जसबहादुर राई र धरान ६ का २४ वर्षिय बिभष तामाङलाई ५७६ ट्याब्लेट स्पास्मोप्रोक्सिवन र १ बोतल डाईलक्स डि.सी.सहित पक्राउ गरेको हो ।
पक्राउ परेका ४ जनालाई नै ईलाका प्रहरी कार्यालय धरानमा राखि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जानएको छ ।