AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कम्युनिस्ट पार्टीको नाममा जनतामाथि दमन र लुटपाट मचाउने काम बन्द गर्न प्रधानमन्त्री ओलीको आग्रह

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ फाल्गुन २०७५, मंगलवार २०:४७
3
Shares
विर्तामोड / कम्युनिस्ट पार्टीको नाममा जनतामाथि दमन र लुटपाट मचाउने काम बन्द गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका छन् ।

४६ औं सुखानी स्मृति दिवसको अवसरमा आज इलाम, माई नगरपालिकास्थित सुखानी शहीद भुमीमा बाल्दै प्रधानमन्त्री आलीले विप्लवको नाम नलिई कम्युनिस्ट पार्टीको नाममा जनतालाई दमन र लुटपाट मचाउने काम बन्द गर्न आग्रह गरेका हुन् । जनतालाई दमन र लुटपाट मचाएर कम्यूनिष्ट पार्टीको नाम लिने काम बन्द गर्नुहोस’ उनले भने ‘म यो शहीद भूमिबाट फेरि एक पटक आह्वान गर्छु, कोही वास्तविक कम्युनिष्ट हुनुहुन्छ भने नेकपा आएर समाहित हुनुहोस् ।’

नेकपाको अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सरकारले देशै भरी विकासको माहोल ल्याएको पनि दावी गरे । ‘केही तत्वहरुले जनता भाँड्न सरकारले केही गरेन भने पनि सरकार विकास, निर्माण, सुशासनमा जिम्मेवारीपूर्वक लागि परेको हो’ उनले भने ।

प्रधानमन्त्री ओलीले झापा आन्दोलनले उठाएका र पुरा हुन बाँकी रहेका मागहरु नेकपाले पूरा गर्ने दावी गरे । ‘म यही शहीद भूमिबाट भन्न चाहन्छु तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी)को पार्टी एकता पनि सहिदका सपना पूरा गर्नका लागि भएको हो ।’

प्रधानमन्त्री ओलीले २०२९ सालमा जनताका हक अधिकारको माग गर्ने युवाहरुलाई जेल सार्ने बहानामा सुखानीमा ल्याएर गोली हानेर मारिएको स्मरण गरे । ‘म भागेर बचें नत्र त्यती बेला म पनि मारिन सक्थें’ प्रधानमन्त्री ओलीले भने ‘हामीले त्यसबेला पञ्चायतको अन्त्य र गणतन्त्र स्थापनाको माग उठाएका थियौं ।’

२०२९ साल फागुन २१ गते झापाबाट इलाम जेल सार्ने बाहनामा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, विरेन राजवंशी र नारायण श्रेष्ठलाई सुखानीको जंगलमा गोली हानी हत्या गरिएको थियो ।

कार्यक्रममा नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी एकतापछि गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र प्रतिक्रियावादीले प्वाल पार्ने षडयन्त्र बनाइरहेको खुलासा गरेका छन् । तत्कालीन माओवादीका अध्यक्ष समेत रहेका प्रचण्डले पार्टी एकतालाई मजबुत बनाउन हामी लागि परेको उल्लेख गर्दै ’ भने कम्युनिस्ट आन्दोलनलाई व्यर्थ जान नदिन हामी एकजुट भएका छौं ।’ ‘जनताको अधिकार र समृद्धिका लागि वर्तमान सरकार लागि परेको छ’, उनले भने, ‘कम्युनिस्ट वहुमतको सरकारबाट हुने कमि कमजोरीलाई पार्टी्भित्र छलफल र समीक्षा गरी जनताको पक्षमा लैजान प्रयासरत छौं ।’

‘तत्कालीन एमाले(माओवादी पार्टी एकता नगराउन मलाई धेरै लोभ लालच देखाइयो प्रचण्डले भने । पाँच वर्षसम्म प्रधानमन्त्री बनाउने लिखित सहमति पनि दिने भयो। तर मैले मानिन्’ उनले भने, ‘मैले पद र प्रतिष्ठाको लागि पार्टी एकता गरेको होइन । कम्युनिस्टलाई एकजुट बनाउन पार्टी एकता गरेको हुँ ।’ ‘दुई पटक प्रधानमन्त्री बनिसकेको छु । प्रधानमन्त्रीको लागि लोभ छैन । अब जनताको पक्षमा काम गर्ने छु’, उनले थपे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर