RUMPUM
animated ellipse animated ellipse

संघीयता कार्यान्वयन गर्नु पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को जोड

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ फाल्गुन २०७५, मंगलवार १६:३८
3
Shares
विराटनगर / संघीयता कार्यान्वयन गर्नु पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले जोड दिएको छ ।

राप्रपा (संयुक्त) मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आफ्नो पार्टी संविधान कार्यान्वयनमा प्रतिबद्ध रहेको बताएका छन् ।

सिंहदरबारको अधिकार स्थानीय तहमा दिनु संघीयताको मजबुत पक्ष भएको बताउँदै अध्यक्ष राणाले प्रदेश सरकारबाट शक्तिको दुरुपयोग हुनु गलत भएको बताए । राप्रपा(संयुक्त)को एजेण्डामा सहमति जनाउनका लागि पार्टीको ढोका खुल्ला रहेको बताउँदै अध्यक्ष राणाले राप्रपाका कमल थापासँग चुनाव चिन्ह ‘हलो’मा सहमति नभएकाले एकीकरण हुन नसकेको बताए ।

धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र, सबैलाई स्वीकार्य संविधानिक राजसंस्था स्थापनाको मुद्दा लिएर हाम्रो पार्टी अगाडि बढेको राप्रपा (संयुक्त) का अर्का अध्यक्ष डा. लोहनीले बताए । ‘नेपाली कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेन भने सरकारले पनि सुशासन कायम गरी मुलुकमा भ्रष्टाचार नियन्त्रण र जनताको विकासको चाहनालाई पूरा गर्न नसकेको अध्यक्ष डा. लोहनीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर