RUMPUM
animated ellipse animated ellipse

आगलागीमा परी छोरीको मृत्यु, आमा गम्भीर घाइते

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ फाल्गुन २०७५, मंगलवार १३:५०
3
Shares
तेह्रथुम / तेह्रथुमको छथरगाउँपालिका–२ हमरजुङकी राममाया कार्कीको घरमा आज बिहान आगलागी हुँदा एक किशोरीको मृत्यु भएको छ ।

आगलागीमा कार्कीकी २० वर्षीया सम्झना कार्कीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । काठको बेरा र टिनको छाना भएको दुई तले कच्ची घरमा अचानक आगलागी हुँदा आगलागीमा राममाया कार्कीसमेत आगोले जलेर गम्भीर घाईते भएकी छिन् ।

घाइतेलाई उपचारको लागि धरान स्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको छ । आगलागी प्रहरी र स्थानीयको सहयोगमा एक घण्टापछी पूर्ण रुपमा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

आगलागी के कारणबाट भयो भनेर अनुसन्धान भइरहेको तेह्रथुम प्रहरी जनाएको छ । आगलागीमा करिव १० लाख बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर