पूर्वाञ्चल खबर
विराटनगर / ताप्लेजुङमा भएको हेलिकेप्टर दुर्घटनामा मृत्यु भएकाहरूप्रति एक नम्बर प्रदेश सभाले शोक प्रस्ताव पारित गरेको छ ।
आज बसेको एक नम्बर प्रदेश सभाको बैठकले ताप्लुजुंङगको फुंगलिंग नगरपालिका १० स्थित सिस्ने भीरमा हेलिकेप्टर दुर्घटना हुँदा पर्यटनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सात जनाको मृत्यु भएको घटना प्रति शोक प्रस्ताव सर्वसम्मतले पारित गरेको हो । गहिरो शोक प्रकट गर्दै उहाँहरुको दिवंगत आत्माको चीरशन्तिका कामना सहित शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।
सभामुख प्रदीपकुमार भण्डारीले जारी गरेकोे शोक प्रस्तावमा ‘ प्रदेश सभाको यो बैठक वि.स.२०६४ र २०७० सालको प्रतिनिधि सभाको सदस्य निर्वाचनमा कास्की जिल्ला क्षेत्र नं.२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य, व्यवस्थापिका संसदको विकास समितिका पूर्व सभापति, लोकातान्त्रिक आन्दोलनका अथक योद्धा एवं जनताका पक्षमा अनवरत रुपममा लाग्नु भएका विकासप्रेमी जनप्रिय नेता एवं सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्रप्रसाद अधिकारी साथै पर्यटन व्यावसायी आङछिरिङ शेर्पा, उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ,, निर्देशक ध्रुवदास भोछिभोय, उपसचिव युवराज दाहाल, क्याप्टेल प्रभाकर केसी र जमदार अर्जुन घिमिरे’ सो दुर्घटनामा परि ज्यान गुमाएका थिए ।