RUMPUM
animated ellipse animated ellipse

रहेनन् पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ फाल्गुन २०७५, आईतवार ०६:५५
3
Shares
काठमाडौँ । पूर्व अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भरतमोहन अधिकारीको निधन भएको छ ।

तीन साता अघिदेखि ह्याम्स अस्पतालमा उपचार गराइरहेका ८२ वर्षीय अधिकारीको शनिवार राति मृत्यु भएको अस्पतालले जनाएको छ । नेता अधिकारी विगत १६ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । निमोनिया, श्वासप्रश्वास, मुटु रोगलगायतबाट ग्रसित अधिकारीलाई विगत २ महिनादेखि अस्पतालमा भर्ना भएका थिए । अधिकारीका श्रीमती र तीन छोरी छन् ।

अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आज विहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने नेकपा नेताले जनाएको छ ।

अधिकारी मुलुकको इतिहासकै कुशल अर्थमन्त्रीका रुपमारहेका थिए । अधिकारी ०५१ सालमा पहिलो मनमोहन अधिकारी नेतृत्वको कम्युनिस्ट सरकार हुँदा पहिलोपटक अर्थमन्त्री भएका थिए । ०५२ सालमा सामाजिक सुरक्षा भत्ता र आफ्नो गाउँ आफै बनाऔँजस्ता लोकप्रिय कार्यक्रम ल्याएका थिए । त्यसबेला १०० रुपैयाँबाट सुरु भएको अहिले दुई हजार पुगेको छ । चारपटक सांसद बनेका अधिकारीले भौतिक योजना तथा निर्माण र कानून तथा न्याय मन्त्रालय पनि सम्हालेका थिए ।

अधिकारी संसद विघटनपश्चात बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री भएका थिए । त्यसबेला पनि अस्पतालमा गएर सुत्केरी हुनेलाई भत्ता दिने व्यवस्था गरेर लोगप्रिय भएका थिए । अस्पतालमा सुत्केरी हुनेले अहिले पनि हिमालमा १ हजार ५ सय, पहाडमा १ हजार र तराईमा ५ सय रुपैयाँ पाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर