पूर्वाञ्चल खबर
विराटनगर / प्रदेशका एक सय सामुदायिक विद्यालयलय आगामी शैक्षिकसत्रदेखि विज्ञान र प्रविधिको विषयमा अध्यापन गराइने प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले वताएका छन् ।
विराटनगरमा भएको राष्ट्रिय यूवा परिषदद्धारा प्रदेशस्तरीय विज्ञान तथा प्रविधि युवा सम्मेलन–२०१९ को समापन कार्यक्रममा सम्वोधन गर्दै मुख्यमन्त्री राईले विद्यालयमा युरोप र अमेरिकामा अध्यापन गराइने पाठ्क्रमलाई आधार वनाई मुलुकको समृद्धमा सहयोग पु¥याउने लक्ष्यका साथ कार्य गरिने बताए ।
मुख्यमन्त्री राईले प्रविधिवाट मुलकको आर्थिक विकाश र जनताको समृद्धि हासिल हुनाले प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय स्थापनाका लागि प्रदेश सभामा विधेयक पेश गरिसकेको जानकारी दिए ।
दक्ष युवाहरुको वैदेशिक रोजगारी अन्त्यका लागि सरकारले वातावरण तयार गरिरहेको वताउँदै मुख्यमन्त्री राईले मुलुकको विकाशमा आफ्नो क्षमता, शिप र प्रविधि प्रयोग गर्ने जनशक्तिको उच्च मल्याङकन गरिने बताए ।
प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले वातावरणप्रति सचेत भई विज्ञान र प्रविधिको प्रयोगवाट समृद्ध प्रदेश निर्माण गरिने वताए ।
युवा परिषदका उपाध्यक्ष माधव ढुगेलले विश्वविद्यालयमा ४० वर्ष अगाडिको प्रयोगशाला परिवर्तन गरी समयअनुसार अव्वल वताउनु पर्नेमा जोड दिदै सम्मेलनको निश्कर्षलाई प्रदेशको निती याजना कार्यक्रममा समावेश गरेमा मुलुकको समृद्ध कायम हुने बताए ।
राष्ट्रिय यूवा परिषदका उपसचिव देवीप्रसाद अधिकारीले विज्ञान र प्रविधिलाई प्रवद्र्धन गरी युवालाई नीति निर्माण तहमा सहभागी सुनिश्चित गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए ।
यूवा वैज्ञानिक सम्मेलनमा प्रा.डा. रामेश्वर अधिकारी, डा. महेन्द्र थापा र शंकर खतिवडाले विज्ञान र प्रविधि विषयमा कार्यपत्र प्रस्तुत गरे । मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष गुरु बरालले विज्ञानको स्थानीयकरणका विषयमा कार्यपत्र प्रस्तुत गरे । सम्मेलनमा महेन्द्र मोरङ क्याम्पसका प्राध्यापक डा तुलसीप्रसाद निरौलाले प्रदेश नं. १ मा विज्ञान अध्ययन हुने क्याम्पसको अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गरे ।
विज्ञान सम्मेलनमा १ नं. प्रदेशका ११ जिल्लाका विज्ञान संकायमा अध्ययनरत २ सय विद्यार्थी तथा प्राध्यापकहरुको सहभागिता रहेको थियो ।