पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर – ३ मा रहेको पोल स्टार सेकेण्डरी स्कूलले २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवश मनमएकोे छ ।
स्कूलकोे प्राङगणमा आज विविद्य कार्यक्रम गरी वार्षिकोत्सव तथा अभिभावक दिवश मनाएको हो । कार्यक्रमा कक्षा एलकेजीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले नृत्य, गायन, नाटक र फेशनलगायतको विभिन्न कार्यक्रम गरी वार्षिकोत्सवमा सहभागि अतिथी,शिक्षक, अभिभावक र विद्याथीेहरुलाई निदभर मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रममा स्कूलमा भएको आन्तरीक खेलकुदमा विजयी भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि प्रदेश सभाका नेपालली कांग्रेसका प्रमुख सचेतक केदार कार्की,विराटनगर महानगरपालीकाका शिक्षा प्रमुख रुद्र दुलाल प्याव्सन विराटनगर महानगरपालीकाका अध्यक्ष ईन्द्र राई,स्कूलका सञ्चालक राजकुमार दंगाल, स्कूलका प्रिन्सिपल गोपाल रिजाल र स्कूलका को–अर्डिनेटर सुरेन्द्र दाहाललगायतले बोलेका थिए । स्कूलका अध्यक्ष देवेन्द्र बाराकोटीको सभापतित्वमा वार्षिकोत्सव तथा अभिभावक दिवश सम्पन्न भएको थियो ।