पूर्वाञ्चल खबर
झापा / झापाको मेचीनगर नगरपालिका १५ मा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् ।
मेचीनगर नगरपालिका १५ का ३५ वर्षिय लखिन्द्र राजवंशीले आज विहान साढे ६ बजे आफ्नै श्रीमती ३४ की चम्पली राजवंशीलाई कोदालोको पासोले हानेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमान लखिन्द्रलाई पक्राउ गरेको हो । लखिन्द्र र चम्पली घरायसी बिवाद हुँदा कोदालोको पासो र बाँसले हानेर चम्पलीको हत्या गरेका हुन् ।कोदालोको पासोले लागेर राजवंशीको घटनास्थलमा नै मृत्यु भएको
झापा प्रहरीले जनाएको छ ।
हत्या भएको स्थानमा इलाका प्रहरी कार्यालय धुलावारीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात शव परिक्षणको लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाईएको झापा प्रहरीले जनाएको छ ।