पूर्वाञ्चल खबर
संखुवासभा / संखुवासभाको खाँदवारी नगरपालिका ३ मा आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो राती साढे ७ बजे मादक पदार्थ सेवन गरी घरायसी बिवाद हुँदा ३८ वर्षिय ध्रुब विकले आँफ्नै श्रीमती ३२ वर्षिय अन्जना विकलाई धारिलो हतियार खुकुरी र चक्कु प्रहार गरेका थिए ।हतियार प्रहारबाट शरिरको बिभिन्न भागमा चोट लागेर घाइते भएकी श्रीमतीलाई उपचारको लागि जिल्ला अस्पतला खाँदवारी पठाईएको छ ।
घटनास्थलमा तत्काल जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली खटि गई हतियार प्रहार गर्ने श्रीमान ध्रुवलाई नियन्त्रणमा लिई खुकुरी र चक्कु समेत बरामद गरेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी संखुवासभाले जनाएको छ ।