RUMPUM
animated ellipse animated ellipse

जेभियर्स स्कूल चौथो वर्षमा प्रवेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ फाल्गुन २०७५, आईतवार १७:०४
9
Shares

विराटनगर / बुढीगङ्गा–२ टंकिसिनुवारी मोरङमा रहेको जेभियर्स इन्ग्लिश स्कूल चौथो बार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको छ ।

स्कूलमा विभिन्न सांस्कृतिक कार्यक्रमहरुका साथ बार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको हो । प्रमुख अथिती प्रदेश न. १ का प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले व्यवसाय मुलक शिक्षामा जोड दिन सुझाव दिए । बुढीगङ्गा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझी , उपाधक्ष्य अमृता गच्छ्दार, प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेत, नोबेल मेडिकल कलेजका प्रशासनिक प्रमुख नारायण दाहाल, अभिभावाकहरु लोक नाथ चौधरी र तिर्था लिम्बुले बोलेका थिए ।

स्कूलका प्रिन्सिपल परेश पोखरेलले विद्यालयको भावी योजनाका वारेमा प्रकाश पार्दै स्कुलले कुनै पनि अन्य शैक्षिक संस्थाहरुसंग प्रतिस्प्रधा नगरी गुणस्तरीय शिक्षामा जोड दिएकै कारण छोटो अवधिमा नै फड्को मार्न सफल भएको जानकारी दिदै स्मार्ट शिक्षा प्रणाली तुरुन्तै लागु गरिने जानकारी दिए ।

कार्यक्रम स्कूलका छात्रा एन्जिला पौडेल र एलिना खतिवडाले सञ्चालन गरेका थिए । विद्यालयका अध्यक्ष जीतनारायण थापा मगरको सभापतित्वमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर