दुई करोडको कारोबार गर्दै सकियो जुत्ताचप्पल मेला

खबर पूर्वाञ्चल, ११ फाल्गुन २०७५, शनिबार १७:२०

विराटनगर / दुई करोड बराबरको कारोबार गर्दै विराटनगरमा लागेको जुत्ताचप्पल मेला आज सकिएको छ ।

गत माघ ९ गतेदेखि सञ्चालन भएको मेलामा करिव २ करोड बराबरको कारोबार भएको हो । बालाजी मिडिया हाउसको आयोजना तथा नेपाली जुत्ताघरको संयोजनमा विराटनगरको सात घुम्तीको खाली जमिनमा लागेको मेलामा करिब ६५ हजार जोर बराबर जुत्ता चप्पल विक्री भएको मेला संयोजक होमनाथ उपाध्ययले जानकारी दिए ।

‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नाराका साथ आयोजना गरिएको मेलामा विराटनगर बाहिरबाट पनि जुत्ता चप्पल खरिद गर्न उपभोत्ताहरु बाक्लो उपस्थित रहेको संयोजक उपाध्ययले जानकारी बताए । मेलामा प्रदेश १ का मोरङ सुनसरी, झापा र ईलाम तथा भारतदेखि समेत जुत्ताचप्पल खरिद गर्न उपभोत्ता आएको उपाध्ययले बताए । ‘यसपटकको मेलामा साँघुरो स्थान भएकाले अलिक व्यावस्थित हुन सकेन, जसरी अघिल्लो बर्ष फराकिलो र खुल्ला रुपमा मेला आयोजना गरेका थियौ, यस पटक अलिक समस्या भयो ।’ ‘आम उपभोक्ताहरु सल्लाहर र सुझावको कदर गर्दै आगामी दिनमा फरक तरिकाले मेला सञ्चालन गर्ने योजनामा छौ ।’ तर समग्ररुपमा सोचे अनुसार कै कारोबार भएको छ उनले

यस पटकको मेलामा जुत्ता चप्पल खरिद गर्ने उपभोक्ताहरुलाई लक्की ड्र मार्फत विभिन्न पुरस्कार तथा मोवाईल प्रदान गरिएको थियो ।

मेलामा छालाका जुत्ता, स्पोर्टस जुत्ता, स्कूल, कलेज, पार्टी सुज, चप्पल, लेडिज चप्पल, हवाई चप्पललगायतका वस्तु विक्रीका राखिएका थिए । उत्पादक कम्पनीहरुले १५ देखि ६० प्रतिशतसम्म उपभोक्तालाई छुट दिएपछि ग्राहकहरुको उल्लेखनिय सहभागिता रहेको थियो । मेलामा वि.एफ डियर हिल सुज, रोयल सुज, रन सुज, क्रस रोड सुज, म्याजिक, हाइलाइफ, सु ल्याण्ड, कोसेली सुजलगायतका घरेलु कम्पनीका उत्पादन प्रदर्शनीमा राखिएका थिए ।

तपाईको प्रतिक्रिया

lordbuddha academy
GREENLAND
ARNIKO
EVREST
KVM
budhanilakanth
kantipur
SAGARMATHA-2075
ORCHID
greded

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५