RUMPUM
animated ellipse animated ellipse

शर्मा एशियन हक्की संघको सदस्यमा निर्वाचित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० फाल्गुन २०७५, शुक्रबार १७:०३
3
Shares
एशियन हक्की महासंघका अध्यक्ष दातो फुमिओको साथमा बाँयाबाट नेपाल हक्की संघका सचिव एवं कोच रञ्जन थापा, बरिष्ठ उपाध्यक्ष अनिल शर्मा र उपाध्यक्ष मनिष झा ।
काठमाण्डौं / जापानको जिफु शि सहरमा भएको एशियन हक्की महासंघको काँग्रेस तथा निर्वाचनले नेपाललाई महासंघको नयाँ कार्यसमितिको सदस्यमा चयन गरेको छ ।

शुक्रबार सम्पन्न निर्वाचनले महासंघको कार्यकारी समितिमा नेपाल हक्की संघका बरिष्ठ उपाध्यक्ष अनिलप्रसाद शर्मालाई ४ बर्षिय कार्यकालका लागि कार्यकारी सदस्यमा निर्विरोध निर्वाचित गरेको जापानबाट संघका सचिव रन्जन थापाले जानकारी गराए ।

महासंघको काँग्रेसले मलेसियाका राजा अब्दुल्लाह विन सुल्तान अहमद शाहलाई महासंघको संरक्षकमा चयन गर्दै जापानका दातो फुमिओ ओगुराको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यकारी समितिमा चयन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर