animated ellipse animated ellipse

सरकारको ढुलमुले रवैया र शिक्षा नीति प्रति मेरो असन्तुष्टि

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ फाल्गुन २०७५, बुधबार १९:३२
3
Shares
विराटनगर स्थित मालाविका ईङलिस बोर्डिङ. स्कूलका संस्थापक शम्भु आचार्यसँग शिक्षा सम्बन्धित समसायिक विषयसँग केन्द्रीत रहेर गरिएको संक्षिप्त कुराकानी

अहिले के काममा व्यस्त हुनुहुन्छ ?
म यस मालाविका ई. बो. स्कूलको संस्थापक भएको नाताले नयाँ सत्र पनि शुरु हुन धेरै समय नभएकाले आउने भविष्यमा के कसरी विद्यालयको पठन पाठनको व्यवस्थापन र गुणस्तरीय शिक्षा प्रदान गर्ने र राष्ट्रिय शिक्षा नीतिले लिएको उद्देश्य अनुरुप कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा योजना बनाउने तथा ब्यवस्थापन गर्ने कार्यमा ब्यस्त छु ।

तपाई शिक्षा क्षेत्रमा कहिलेदेखि आवद्ध हुनुहुन्छ ? शिक्षा क्षेत्रमा लाग्न कोबाट कसरी प्रेरित हुनुभयो ?
म वि.सं. २०३५ सालदेखि निरन्तर शिक्षा क्षेत्रमा संलग्न छु । आफू पढेको स्कूलको प्रधानाध्यापक हुनुहुन्थ्यो, जो एस.एल.सी. गरे देखि शिक्षकको रुपमा प्रवेश गर्नु भएको, पछि दुई विषयमा स्नातकोत्तर सम्म वहाँले शिक्षण पेशामा नै रहेको अध्ययन अध्यापन गर्नु भएको मैले प्रत्यक्ष नियाली रहेको थिएँ । अनि यस क्षेत्रमा लाग्नलाई त पढ्नु पनि धेरै पर्दो रहेछ, प्रधानाध्यापक पनि हुन सकिदो रहेछ भन्ने विचार मेरो सानो बाल मनोस्थितिमा प्रवेश गरेबाट मैले पनि दुई विषयमा स्नातकोत्तर गरेर संघर्ष गर्दै आज विद्यालयको संस्थापकका रुपमा आफूलाई पाएकोछु । यस क्षेत्रमा नलागेको भए सायद म कानुनी पेशामा हुन्थे होला ।

यस क्षेत्रमा लागेर कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
यस क्षेत्रमा लागेर मलाई असन्तुष्टि भने पटक्कै छैन । रमाएर नै काम गर्न मन लाग्छ । तर सरकारको ढुलमुले रवैया र शिक्षा नीति हेर्दा मेरो देशका यस क्षेत्रका जिम्मेवार व्यक्ति सबै विदेश नै गई सकेको हो कि, जस्तो लाग्छ ।

तपाई प्याब्सनमा कहिले आवद्ध हुनुभयो ? तपाईको विचारमा प्याब्सन के हो र यसले तपाईको जस्तो स्कूललाई कसरी सहयोग गरिरहेको छ ?
म प्याब्सनमा वि.सं. २०५८ सालबाट आवद्ध भईरहेको छु । मेरो विचारमा प्याब्सन निजी शैक्षिक संस्थाका संस्थापकहरुको अभिभावकीय भूमिका रहनु पर्ने संगठन हो । यसले हाम्रो जस्तो विद्यालयलाई चाहिँ विभिन्न खेलकुदमा भाग लिने अवसर, विभिन्न समयमा विभिन्न कक्षाका प्रश्नपत्र तयार पारी परीक्षामा एकरुपता ल्याउने जमर्को बाहेक अरु कुनै काम गरेको देखिदँैन । यसले सहतमा देखिएका विद्यालयहरु बिचको अस्वस्थ्य प्रतिस्पर्धालाई निरुत्साहित गर्ने गरी कार्यक्रम ल्याएको देखिँदैन जुन अत्ति जरुरी छ ।

तपाईको विद्यालयले विद्यार्थीहरुलाई कस्तो शिक्षा दिइरहेको छ ?
हाम्रोे विद्यालयले प्रविधिको प्रयोग गर्दै बालमैत्री वातावरणमा व्यवहारीक, प्रयोगात्मक, सीपमूलक, जीवनपयोगी शिक्षा दिईरहेको छ । एकै वाक्यमा भन्नु पर्दा हाम्रोे विद्यालयले राष्ट्रिय शिक्षाकमे उद्देश्य अनुरुप विद्यार्थीहरुलाई शिक्षा प्रदान गरिरहेको छ । हाम्रो

अबको शिक्षा कस्तो हुनुपर्दछ ?
मेरो विचारमा विद्यार्थीहरुलाई आफूले जानेको कुरा सबै पस्किन सक्नुपर्छ । बाँकी विद्यार्थीहरुले ग्रहण गर्ने क्षमतामा भरपर्छ । तर हामी गुणस्तरीय शिक्षा, जीवनपयोगी शिक्षा आदि इत्यादि भन्छौं अनि जसरी भए पनि कुनै पनि सर्तमा उच्चतम अंक वा ग्रेड ल्याउनेलाई नै राम्रो उत्कृष्ट भन्छौं । तर हामी परीक्षा प्रणालीको प्राविधिक पक्ष, मर्यादा, अनुशासन हेर्दौनौं । त्यो त सबैले देख्ने कुरा पनि होइन । वास्तवमा शिक्षा भनेको भित्री आँखा हो । कुनै पनि कुरा राम्ररी सिक्नु हो, दिगो सिकाइ हो । समाजलाई नयाँ उज्यालो दिने कला र सीप हो । विद्यार्थी भित्रको त्यो निहीत गुण हो, जुन गुण उसले जीवनभर अर्काको भलाइका लागि प्रयोग गर्न सकोस् ।

८. अन्त्यमा के भन्न चाहानु हुन्छ ?
अन्त्यमा हामीले हाम्रा बालबालिकालाई शिक्षा दिँदा आफ्ना जीवनमा घटेका राम्रा घटना र आफूलाई अघि बढाउने व्यक्तिप्रति कृतज्ञ हुने शिक्षा पनि दिनुपर्छ । कृतज्ञताको भावले कुनै पनि व्यक्तिमा आफ्नो मूल्याङ्कन आफैले गर्ने बानी पनि बस्छ । किनकि शिक्षा भनेको जीवनमा सफल मानिस बन्ने आधार पनि हो र यही आधारमा टेकेर प्राप्त गर्ने शिक्षा नै आजको आवश्यकता हो । यस्तो शिक्षाको आधार नै खोजी गर्नुपर्छ भन्ने नै मेरो विचार हो । प्रस्तुतिः अर्जुन श्रेष्ठ
 
,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर