पूर्वाञ्चल खबर
सुनसरी / सुनसरीको बराहक्षेत्र नगरपालिका ७ बाङगेमा प्रहरीले गोरु (बाच्छो) काटेर भाग लगाउँदै गरेको अवस्थामा बावु-छोरालाई पक्राउ गरेको छ ।
प्रहरीले आज दिउँसो सोही स्थानका धनबहादुर तामाङको घरमा अन्दाजी ६० किलोको गोरु काटेर भाग लगाउँदै गरेको अवस्थामा तामाङ सहित निजको छोरा गोपाल तामाङलाई पक्राउ गरेको हो । गोरु काट्दैछ भन्ने सूचना पाएसंगै प्रहरी चौकी बाङगेबाट प्रहरी टोली खटि गई दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको सुनसरी प्रहरीले जनाएको छ ।