पूर्वाञ्चल खबर
बेलवारी । एन प्याव्सन मोरङले आयोजना गरेको दोस्रो एन प्याव्सन स्पोर्टस् मिटको उपाधी कानेपोखरीको पिनाकल ज्ञान मन्दिरले हात पारेको छ ।
मोरङको बेलवारी ११ लक्ष्मीमार्ग स्थीत लक्ष्मी खेल मैदानमा बिहिवारदेखि सञ्चालन भएको खेलकुदमा कानेपोखरीको पिनाकल ज्ञान मन्दिरले १९ स्वर्ण ९ रजत र ७ कास्यका साथ १ सय ३६ अंक हासिल गर्दै एथलेन्टीक्स खेलतर्फको उपाधी हात पार्न सफल भएको हो । त्यस्तै मिक्लाजुङको निर्मल शिदार्थ स्कुलले ५ स्वर्ण १५ रजत र १४ कास्यका साथ ९८ अंक प्राप्त गर्दै दोस्रो उपाधी हासिल गरेको छ त्यसैगरी ग्रामथानको बुद्ध स्कुलले ८ स्वर्ण ३ रजत र २ कास्य साथ ५३ अंक प्राप्त गर्दै तेस्रो उपाधी हासिल गरेको छ । भलिवल छात्रतर्फ ग्रामथानको बुद्ध स्कुल प्रथम कसेनी मोडल स्कुल बेलवारी दोस्रो र मिक्लाजुङको निर्मल शिदार्थ स्कुलले तेस्रो उपाधी हात पारेका छन् ।
भलिवलकै छात्रातर्फ माउण्ट हर्मन प्रथम मोरङ ज्ञानोदय बेलवारी दोस्रो र पिनाकल ज्ञान मन्दिर कानेपोखरीले तेस्रो उपाधी हासिल गर्न सफल भएका छन् । कवड्डी जुनियर छात्रतर्फ मोरङ ज्ञानोदय प्रथम, पिनाकल ज्ञान मन्दिर दोस्रो र सगरमाथा स्कुलले तेस्रो उपाधी हासिल गरे भने जुनियर छात्रातर्फ माउण्ट हर्मोन प्रथम, बुद्ध स्कुल दोस्रो र डाँगिहाट लिटल बुद्धले तेस्रो उपाधी हात पर्न सफल भए भने कवड्डी सिनियर छात्रातर्फ निर्मल शिद्धार्थ प्रथम पिनाकल ज्ञान मन्दिर दोस्रो र मोरङ ज्ञानोदय तेस्रो स्थान हासिल गर्न सफल भए ।
विजेता टिमलाई एनप्याव्सन प्रदेश नम्वर १ का अध्यक्ष जयबहादुर श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । स्पोर्टस् मिटमा मोरङमा एनप्याब्सनसँग आवद्द निजी स्कूलबाट करिव २ हजार विद्यार्थी खेलाडीहरुको प्रत्यक्ष सहभागि रहेको खेल एन प्याव्सन जिल्ला सचिव नारायणप्रसाद ढकालले जानकारी दिए ।