पूर्वाञ्चल खबर
पथरी /पूर्वपश्चिम राजमार्गको मोरङको पथरीशनिश्चरे नगरपालिका –१० पथरी बजारदेखि ३ किमी पश्चिम जंगलमा एक महिलाको शव भेटिएको छ ।
मोरङगी खोला किनारमा अन्दाजी ३०–३२ वर्षीय महिलाको शव भेटिएको हो । राजमार्गदेखि करिब ५ सय मिटर उत्तरतर्फको जंगलभित्र खोलाको धारले बनाएको खाल्डोमा बर्काेले छोपेको अवस्थामा महिलाको शव भेटिएपनि सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
आज दिउँसो स्थानीय सालको पात टिप्न गएका स्थानीयले जंगलमा रहेको मोरङ्गे खोलामा ओड्नेले छापेर फालिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयले खबर गरेपछि पुगेको प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईंका अनुसार महिलाको पहिचान हुन सकेको छैन् ।
स्थानीयका अनुसार ती यूवतीलाई लुटपाट गरि बलात्कार गरेर शव लुकाइएको आसंका गरेका छन् । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक बजगाईले शव भेटिएको स्थललाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताए ।
महिलाको हत्या हो की हैन भनेर यकिन गर्न नसकिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार महिलाको शरीरमा कुनै चोट पटक नभएको पथरी प्रहरी जनाएको छ । शवलाई पोष्टमार्टमका लागि मोरङको उर्लाबारस्थित मंगलबारे अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।