विराटनगर जुट मिलबाट चोरी र अनियमितताको छानविन गर्न उच्च स्तरीय आयोग गठन हुने

खबर पूर्वाञ्चल, २ फाल्गुन २०७५, बिहीबार २०:२४

विराटनगर / संघीय सरकारको निर्देशनमा विराटनगर जुट मिलमा चोरी भएको मेशिनरी पार्टपूर्जा र व्यापाक रुपमा भएको अनियमितताको छानविन गर्न उच्च स्तरीय आयोग गठन हुने भएको छ ।

उच्च अदालत विराटनगरका न्यायाधी शेखरप्रसाद पौडेललको संयोजत्वमा छानविन गर्न उच्च स्तरीय आयोग गठन हुने भएको हो । यसको लागि न्याय परिषदको बुधबार बसेको बैठकले न्यायधीश पौडेललाई जुट मिल्समा भएको अनियमितताको छानिविन गरि प्रतिवेदन पेश गर्ने निर्णाय गरेको छ । न्यायाधीश पौडेलको संयोजत्वमा अन्य सदस्यहरू राखेर सरकारले उच्च स्तरीय छानविन आयोग गठन बनाउने भएको हो ।

मिल भित्रका मेशिनमा लगाइका महत्वपूर्ण पार्टपूर्जा चोरी भएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवलको साक्रियतामा छानविन आयोग गठन हुने भएको हो । अबको केही दिन भित्रमा जुट मिल भित्रबाट चोरी भएको मेसिनको पार्टपूर्जाको विषयमा छानविन थालिने भएको छ ।

मेशिनरी बस्तुमा लाग्ने महत्वपूर्ण पार्टपूर्जा हराएको भन्ने सूचनाका आधारमा गत बैशाख २६ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री यादवले जुट मिलको निरीक्षण गरेका थिए । उनले त्यसबेला एक उच्च स्तरीय छानविन आयोग गठन गर्ने बताएका थिए । सरकारी स्वामित्वमा रहेको उद्योगका मेशिनको पार्टपूर्जा हराएको विषयमा छानविन समितिले दोषि पत्ता लगाउने छ ।

मेशिनमा लगाइएको ‘वविन–क्यारियर’ झिकेर बिक्री गरिएको यस अगाडी नै सार्वजानिक भईसकेको छ । इटालियन कम्पनिका मेशिनमा लगाइको तामा र पित्तलको वविन–क्यारियर झिकेर रबर लगाइएको थियो । मन्त्री यादवले गतसाता दोस्रो पटक जुट मिल निरीक्षणका क्रममा पुरानो वविन–क्यारियरको नमूना समेत भेटेका थिएनन् ।
हराएको भनिएका ती वस्तुको नमूनासमेत नहरने गरि गायव गरिएको विषयमा छानविन समिति बनाउने बताउँदै मन्त्री यादवले जुट मिलको इतिहास फर्काउने बाचा दिएका थिए । सुस्तरी उठ्दै गएर सुतली तथा बोराको उत्पादन थालेको जुट मिलमा दुई सञ्चालक समूहबीचको विवाद चलिरहेको अवस्थामा पार्टपूर्जा चोरि भएको कुरा गत बैशाखमा खुलेको थियो ।

तामा र पित्तलका बनेका सामानको प्रतिगोटा मुल्य ५ सय रुपिँया पर्दछ । रबरको सामानलाई मात्रै २ सय ५० रुपिँया प्रतिथान पर्ने बताइन्छ । जुट मिलबाट दुईहजार नौसय ५० थान वविन–क्यारियर हराएका छन् ।
तर, जुट मिल भित्रबाटै हराएका वस्तुको खोजी र जुट मिलको नाममा रहेको दुई बिघा जमिन बिक्री भएको विषयको छानविनका लागि समिति बनेको भन्ने आफूलाई सूचना नरहेको अध्यक्ष वनले बताए । जुट मिल परिसरको जग्गा समेत तत्कालिन अध्यक्ष अशोक पोखरेल हुँदा बिक्री गरिएको थियो ।

तपाईको प्रतिक्रिया

lordbuddha academy
GREENLAND
ARNIKO
EVREST
KVM
budhanilakanth
kantipur
SAGARMATHA-2075
ORCHID
greded

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५