RUMPUM
animated ellipse animated ellipse

अव बन्ने कानुुन प्रेस मैत्री हुुनुु पर्छ : अध्यक्ष आचार्य

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ फाल्गुन २०७५, बिहीबार २०:०३
3
Shares

विराटनगर / नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आर्चायले, प्रदेश सरकारले वनाउने कानुुन प्रेस मैत्री हुुनुु पर्ने वताएका छन् ।

नेपाल पत्रकार महासंघ मोरङ शाखाले विराटनगरमा आज आयोजना गरेको छलफल कार्यक्रममा उनले प्रेस स्वतन्त्रता माथी अंकुुस लगााउने काम कहिकतैवाट हुुन नहुुने वताए । अध्यक्ष आचार्यले प्रदेशको संसदवाट वन्ने कानुुन प्रेश स्वतनत्रता मैत्री हुुनु आवश्यक रहेकोमा जोड दिए । केहि महिना अघि विराटनगरमा भएको पत्रकारहरुको राष्ट्रिय सम्मेलनको निर्णय कार्यान्वयन गर्न आफुुसहित पत्रकार महासंघको पद्धाधिकारीको टोली सातवटै प्रदेशमा परिचालन भएको अध्यक्ष आचार्यले वताए ।

अध्यक्ष आर्चायले प्रेस मैत्री कानुुन वनाउन प्रदेश न १ का मुुख्यमन्त्री शेरधन राईसमेत सहमत हुुनुु भएकाले अव वन्ने कानुुनले प्रेसको मर्यादालाई वढाउने वताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव रामप्रसाद दाहाल, नेपाल पत्रकार महासंघ प्रदेश न १ का अध्यक्ष विक्रम लुुईटेल, महासचिव विवेक गौतम पत्रकार महासंघ मोरङका अध्यक्ष वन्धुु पोखरेलले प्रेसको मुुद्धा संवोधन हुुनेगरी प्रदेशसभाले कानुुन निर्माण गर्नुुपर्नेमा जोड दिए ।
महासंघका अध्यक्ष आचार्य सहितको टोलीले आज मुुख्य मंत्री शेरधन राईलाई भेटेर प्रेशको मागालाई समेटेर कानुुन निमार्ण गर्न आग्रह गरेको थियो ।
कार्यक्रममा संचारकर्मीहरुले डेढवर्ष अघि आएको वाढिका कारण मोरङका पत्रकारहरु समेत वाढि पिडित भएको भन्दै पत्रकार महासंघले वाढि पिडितहरुको नाम संकलन गरेपनि कुुनै सहयोग नआएको गुुनासो गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर