RUMPUM
animated ellipse animated ellipse

वालीकालाई जवरजस्ती करणीको प्रयास गर्ने एक यूवा पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ फाल्गुन २०७५, बिहीबार १९:३२
3
Shares

विराटनगर / मोरङको विराटनगर महानगरपालिका ४ इक्राहीमा १ बालिकालाई जवरजस्ती करणीको प्रयास गर्ने एक जना यूवालाई प्रहरीले पक्राउ गरेको छ ।

जवरजस्ती करणीको प्रयास गर्ने सुनसरी दुहवी भलुवा १ का २२ वर्षी सलमोदिन मियाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । आज बिहान को २ ह २०११ नम्बरको सिटी सफारीका चालक मियाँले बालिकालाई ललाई फकाई सिटी सफारीमा हालेर नजिकै रहेको उखु बारीमा लगेर करणीको प्रयास गर्दा बालिका चिच्याए पश्चात स्थानीयले थाहा पाएर प्रहरीमा खबर गरेका थिए । घटनास्थलमा तत्काल प्रहरी चौकी बरगाछीबाट प्रहरी टोली खटि गई सिटी सफारी सहित मियाँलाई पक्राउ गरेको हो ।

पक्राउ परेका मियाँलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखि थप अनुसन्धान भईहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर