RUMPUM
animated ellipse animated ellipse

फिर्दोस अन्सारीको अर्धसतकले होराइजनलाई सफलता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ फाल्गुन २०७५, बिहीबार १७:४०
9
Shares

पुष्पराज थपलिया
विराटनगर / फिर्दोस अन्सारीको अर्धसतकले होराइजन क्रिकेट क्लव विराटनगरमा जारी मोरङ जिल्ला स्तरीय ए डिभिजन क्रिकेट प्रतियोगिता विजयी हुँदै समुह विजेता बनेको छ । होराइजनले आज भएको लिगको अन्तिम खेलमा विराट क्रिकेट सोसाइटीलाई ४९ ले पराजित समुह ए को समुह विजेता बनेको हो । लगातार तीन खेलमा पराजित भएसँगै विराट क्रिकेट सोसाइटी वि डिभिजनमा छरेको छ ।

लायन्स क्लव अफ विराटनगर यङ हर्ट तथा मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनर– १९ मा रहेको वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको होराइजनले निर्धारित ५० ओभरको खेलमा सवै विकेट गुमाई १ सय ७० रनको सामान्य योगफल तयार पारेको छ । होराइजनका म्यान अफ दि म्याच फिर्दोस अन्सारीले ६० रनको योगदान दिए । अन्सारीले ७७ बलमा तीन चौका प्रहार गर्दै उक्त रन जोडका हुन् । त्यस्तै अस्वीनी कामतले २७ रन जोड्दा रेवती रमन यादवले २४ रन र अमृत सिंहले १५ रनको योगदान दिए । विराट क्रिकेटका मिनस थापाले ३ विकेट र अमन आजादले २ विकेट लिए ।

जवाफमा १ सय ७१ रनकोे लक्ष्य पछ्याएको विराट क्रिकेटले ३३ दशमलव २ वलमा सवै विकेट गुमाई १ सय २१ रनमा सिमित भयो । विराटका निमेश थापाले ३६ रन बनाउँदा सद्धाव अक्तरले १८ रन र आशिष लामाले १४ रनकोे योगदान दिए । होराइजनका रेवतीरमन यादवले ३ विकेट तथा दिपेश कडेल र अमृत सिंहले २–२ विकेट लिए ।

शुक्रबारकोे खेल पूर्वाञ्चल क्रिकेट एकाडेमी र गुराँस पुस्तकालयविच हुने मोरङ क्रिकेट संघका सदस्य राजेश पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर