पूर्वाञ्चल खबर
मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री राईले प्रदेशको मुख्य प्राथमिकता कृषि भएको बताएका छन् । ‘कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरणलाई मुख्य जोड दिएका छौं, मुख्यमन्त्री राईले भने, कृषि क्षेत्रको विकासले नै अन्य क्षेत्रको विकासमा जोड पुर्याउँछ भन्ने मान्यताका आधारमा पहिलो प्राथमिकता कृषि क्षेत्रमा दिएका छौं ।’ उनले नागरिकमा सुरक्षाको महसुु गरेको, सबै स्थानीय तहमा खेलमैदान निर्माण भएको लगायतका बिषयहरु प्राथमिकताका साथ भईरहेको बताएका हुन् ।
मुख्यमन्त्री राईले शुन्यवाट गुन्द्रि र पिरामा वसेर काम शूरु गरेको प्रदेश सरकार विकास निमार्णका दर्जनौ जनमुखी काम गरेको उल्लेख समेत गरे ।
मुख्यमन्त्री राईले सरकारको जनमुखीका कामका कारण प्रदेश सरकार प्रती जनताको आस्था एंव भरोसा वढेको दावी गरे । उनले प्रदेश सरकार गठनपछिको ६ महिना कर्मचारी समायोजन तथा कार्यालय व्यवस्थापनमा खर्च भएको भन्दै अव प्रदेश सरकारले कामको गति लिई सकेको र वजेट तथा निति कार्यक्रम कार्यान्वयन भइरहेको वताए ।
विमानस्थलको स्तरउन्नती तथा विराटनगरवाट प्रदेश १ का सवै विमानस्थालमा उडान सेवा सञ्चालन गर्न काम अघि वढाईको मुख्यमन्त्री राईले वताए । विराटनगर विमानस्थालाई अन्तराष्ट्रिय विमानस्थलमा स्तर उन्नती गर्ने तथा ,निजिक्षेत्रसंग सहकार्य गरी सप्तकोशी नदीमा जल यातायात सञ्चालनमा ल्याएको उनले जानकारी दिए ।
मुख्यमन्त्री राईले जनतालाई सुरक्षाको अनुभुति प्रदानगर्न प्रदेशका १० लाख भन्दा वढि घरधुरीमा प्रदेश सरकारले स्टिकर टास गर्नुका साथै तराई, भित्रि मधेश तथा पहाडका एक एक गाउँपालिकामा प्रहरी भेन , एम्वुलेन्स प्रदान गर्नुका साथै प्रदेशमा ४९ वटा नयाँ प्रहरी चौकी निमार्णका लागी पहल अघि वढाएको वताए ।
मुख्यमन्त्री राईले ३० वुदे सरकारको उपलव्धि र्सावजनिक गरेका हुन् । गतवर्षको फागुन २ गते मुख्य मंत्री राईको नेतृत्वमा प्रदेश न १ मा पाँच सदस्यी मन्त्री मण्डल गठन भएको थियो ।