RUMPUM
animated ellipse animated ellipse

ठूलो परिमाणको लागूऔषध सहित दुई जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ फाल्गुन २०७५, बिहीबार १५:१६
3
Shares

उदयपुर/ उदयपुरको त्रियुगा नगरपालिका ६ देउरी स्कूल नजिकबाट प्रहरीले ठुलो परिमाणको लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ३६ वर्षीय गणेश गुप्ता र २६ वर्षीय ओमप्रकाश राईलाई लागूऔषध सहित पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा तत्काल खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिडिरहेका उनीहरुलाई खानतलासी गर्ने क्रममा गुप्ताले बोकेको झोला र शरिरको विभिन्न भागमा लुकाई राखेको लागूऔषध फेनारगन २६० एम्पुल , लुपिजेसिक १२० एम्पुल, डाईजेल्याब २७२ एम्पुल, नुफिन १६५ एम्पुल र नाईटोसन ट्याव्लेट १०० चक्की बरामद गरेको हो ।

लागूऔषध सहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भईरहेको उदयपुर प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर