RUMPUM
animated ellipse animated ellipse

खेलकुदले एकताको शुत्रमा बाध्छ : हिक्मत कार्की

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ फाल्गुन २०७५, बिहीबार १४:५७
3
Shares

बेलबारी / प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले आगामी शैक्षिक सत्रदेखि प्रदेश नं. १ का अढाई लाख विद्यार्थीलाई प्रत्यक्ष रुपमा खेलकुदमा सहभागी गराउने बताएका छन् ।

मोरङको बेलवारी ११ लक्ष्मीमार्ग स्थीत लक्ष्मी खेल मैदानमा एन प्याव्सनले आयोजना गरेको खेलकुद कार्यक्रमको आज उद्घाटन गर्दै मन्त्री कार्कीले सो कुरा बताएका हुन् । उनले प्रदेश सरकारले आगामी बैशाखदेखि ‘म अगाडि बढ्छु ’भन्ने नाराका साथ सगरमाथा टिन्स क्लव स्थापना गरेर माध्यमीक तहका विद्यार्थीलाई चरित्र निर्माणको अभियानमा सहभागि गराउने बताए । ‘हाम्रो बीचमा धेरै विविधता छ, जातीय,धार्मिक, सामाजिक र सांस्कृतिक विविधता भए पनि यि सबै विविधतालाई जोड्ने एक मात्र माध्यम खेलकुद रहेको मन्त्री कार्कीले बताए ।’
खेलकुदले भूगोल,जात, धर्म केही भन्दैन ,त्यसैले यसले सबैलाई सामूहिक रुपमा जोड्न सक्छ । एकताको सुत्रमा बाँध्न सक्छ ।

सरकारी स्तरबाट माध्यमिक स्तरमा कुनै खेल गतिविधि नभए पनि नीजि तथा आवाशीय विद्यालयले आयोजना गरेका खेल गतिविधिले खेलकुदको विकास टेवा पुगेको मन्त्री कार्कीको भनाई थियो । उनले भने– समाजको आमुल परिवर्तन र राष्ट्र निर्माणको अभियानमा खेलकुदको भूमिका अपरिहार्य छ । विद्यालय तहबाटै खेललाई ब्यावसायिक बनाउन प्रदेश सरकार तयार रहेको मन्त्री कार्कीले बताए ।

एनप्याब्सन मोरङका अध्यक्ष सूनील दत्त अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा फागुन ३ गते सम्म सञ्चालन हुने खेलकुदमा २ हजार विद्यार्थीले प्रतिस्पर्धा गर्ने एन प्याव्सन मोरङका सचिव नारायणप्रसाद ढकालले जानकारी दिए । एन प्याब्सन स्पोर्टस् मिटमा छात्र तथा छात्रातर्फ दौड, रिले दौड, लङ्जम्प, हाईजम्प,ट्रिपल जम्प, सर्टपुट, कवर्डी तथा भलिवलको खेलहरु समावेश गरिएको एनप्याब्सन मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर