RUMPUM
animated ellipse animated ellipse

नेकपाले आज जनयुद्ध दिवस मनायो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ फाल्गुन २०७५, बुधबार २१:२०
3
Shares

विराटनगर / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज जनयुद्ध दिवस मनाएको छ ।

विराटनगरमा आज नेकपा पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी जनयुद्ध दिवस मनाएको हो । तत्कालिन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध सुरु गरेको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको थियो । तर, माओवादी र तत्कालिन नेकपा एमाले एक भएपछि उक्त दिवस मनाउने विषयमा नेकपा अलमलिएको थियो ।

विराटनगरमा नेकपाले आयोजना गरेको कार्यक्रममा बोल्दै नेकपाका प्रदेश १ सह ईन्चार्ज सावित्रीकुमार काफ्लेले नेकपालाई कम्युनिष्ट केन्द्रको रुपमा स्थापित गराउने उदेश्य नेकपाको रहेको बताए । उनले दुई पार्टी एकिकरण भएरपनि केही जिम्मेवारीका कुराहरुमा समय लागेको स्वीकार गर्दै यो बिषयपनि चाँडै टुङ्गीने बताए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य विनोद ढकाल, गोपी आछामी, गुरु बराल, प्रतिनिधि सभा सदस्यहरु अमनलाल मोदी, शिवकुमार मण्डल लगायतको सहभागीता थियो ।

दश बर्षे सशस्त्र जनयुद्धको स्मरणमा आयोजित कार्यक्रममा नेकपाका तल्लो तहका नेताहरुले तत्काल जिम्मेवारी बाँडफाँडको बिषय टुङ्ग्याउन माग गरेका छन् । लामो समयसम्म पनि एकिकरण भएर पनि पार्टीले गजति लिन नसकेको बताउँदै पार्टीका गतिबिधि पनि सुस्ताएको बताए । नेकपा मोरङको कार्यालयमा आयोजित कार्यक्रममा केन्द्रीय नेतादेखि स्थानीय स्तरका कार्यकर्ता समेतको उपस्थिती थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर