AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा स्वीकृत बेगारको औषधी विक्री, चिकित्सकलेनै गरिदिन्छन सिफारिस

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ फाल्गुन २०७५, बुधबार २०:५१
3
Shares
विराटनगर / प्रदेश १ को अस्थायी राजधानी रहेको विराटनगरको फार्मेसीहरूले औषधी व्यवस्था विभागले स्वीकृत प्रदान नगरेको औषधीहरू विक्री गर्ने गरेको पाइएको छ । उनीहरूले चिकित्सकले सिफारिस गरिदिको कारणले गर्दा विक्री गर्ने गरेको पाइएको हो ।

विराटनगरमा आज औषधी व्यवस्था विभागले औषधीको थोक तथा खुद्रा कारोबार गर्दै आएका व्यवसायीले सञ्चालन गरेका पसलहरुको अनुगमन क्रममा यस्तो फेला पारेको हो ।

चिकित्सकले बिक्री वितरणका लागि स्वीकृतिनै नभएका औषधीको सिफारिस गरिदिने गरेको अनुगमनको क्रममा भेटिएको थियो ।

जिल्ला प्रशासन कार्यालय समेतको अनुगमन टोलीले सुरेशचन्द्र अटलको लगानीमा सत्यनारायण साह र पवनकुमार अटलको नाममा दर्ता रहेको श्री सिद्धी विनायक फार्मेसी र हिमगिरी मेडिकोबाट अवैध औषधी नियन्त्रण गरेको थियो । औषधीको थोक बिक्रेता अटलको पसलबाट १७ प्रकारका अवैध औषधी तथा पोषणयुक्त खाद्य औषधी र पाउडर, क्रिम, साबुन समेत जफत गरिएका छन् ।

यसैगरी विराटनगर–९ मा रहेको बब्लु बिपुल फर्माबाट समेत अवैध औषधी जफत गरिएको औषधी व्यवस्था विभागका निरीक्षक चर्तुभुज यादवले जानकारी दिए । श्रीपतिलाल दासले सञ्चालन गरेको थोकमा समेत आयातित र अवैध औषधी भेटिएका थिए । टोलीले गुरु मेडिकल हल, योग्य फार्मेसी र प्रदेश मेडिकल हललाई बन्द गरिदिएको छ । अञ्चल अस्पतालमा कार्यरत सन्ध्या यादवको नाममा दर्ता रहेको गुरु मेडिकलमा सञ्चालक नभेटिएपछि बन्द गर्नु परेको यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर