RUMPUM
animated ellipse animated ellipse

निहारीकालाई क्रिकेट उपाधि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ माघ २०७५, मंगलवार २१:५१
3
Shares

विराटनगर / इन्टर कलेज क्रिकेट प्रतियोगीतको उपाधि विराटनगर स्थित निहारीका कलेजले जितेको छ ।

विराटनगरमा भएको वाइआर सिसि क्रिकेट क्लबको आयोजनामा भएको प्रतियोगीताको उपाधि निहारीकाले हातपारेको हो ।

प्रतियोगीतामा विराटनगर महानगरपालीका र इनरुवा नगरपालीकाका १२ वटा कलेजले प्रतियोगीतामा सहभागिता जनाएका थिए । प्रतियोगीतामा इनरुवाको त्रिशत्तिकलेज दोस्रो भएको थियो ।

टस जितेर व्याटिङ्ग गरेको निहारीका कलेजले १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जितका लागी श्र्रवण यादव १६ रन र मेहबुब बाबु इराकीले १८ रनको योगदान दिएका थिए । त्रिशक्ति कलेज इनरुवा ५१ रनमा अल आउट भएको थियो । प्रतियोगीताको उत्कृष्ट खेलाडी निहारीका कलेजका महेबुब बाबु इराकी भए । त्यसैगरी प्रतियोगीताको उत्कृष्ट व्याटसम्यान अर्किड कलेज विराटनगरका दिपक पासवान भएका थिए । उत्कृष्ट बलर निहारीका कलेजका केशब घिमिरे भएका थिए । प्रमुख अतिथि नेपाल सोनार सेवा समाज समितिका अध्यक्ष महेशकुमार साहले खेलाडीलाई पुरस्कार वितरण गरेका थिए । प्रतियोगीताका संयोजक मनोज कुमार चौधरीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर