RUMPUM
animated ellipse animated ellipse

आइटिएफ मोरङको अध्यक्षमा राउत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ माघ २०७५, शनिबार २२:०१
3
Shares

विराटनगर ÷ नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ) मोरङको चौथो जिल्ला अधिवेशनले प्रल्लाद राउतको अध्यक्षतामा १३ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ ।

विराटनगरमा आज भएको अधिवेशनले नयाँ कार्यसमतिको बरिष्ठ उपाध्यक्षमा अमित ढकाल, उपाध्यक्षमा बसन्त बुढाथोकी, सचिवमा प्रतिक ढकाल, सहसचिवमा निरञ्जन ढुङगना र कोषाध्यक्षमा मनिष भट्टराईलाई चयन गरेको छ ।

समितिको अन्य सदस्यहरूमा डम्बर बस्नेत, अम्बर थापा, विमला गिरी, सन्तोष श्रेष्ठ, मन्दिप रायमाझी, हसिना राजवंशी र कमलप्रसाद घिमिरेलाई चयन गरेको छ ।

कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत रुपमा चयन भएका हुन् । त्यसैगरि अधिवेशनले कार्यसमितिको सल्लाकार समिति संयोजकमा मुकेश बुढाथोकी, सदस्यहरूमा बाबुराजा ओझा, किशोर भट्टराई र जितन थापालाई चयन गरेको छ । त्यस्तै कानुनी सल्लाकार समितिको संयोजकमा डिल्लीबहादुर कार्की र सदस्यमा रामबहादुर घिमिरेलाई चयन गरेको हो । त्यस्तै प्रेस सल्लाकारहरूमा किशोर बुढाथोकी, चुमन बस्नेत र अनिल श्रेष्ठलाई चयन गरेको छ ।

यस अघि भएको अधिवेशनको उद्घाटन शत्रमा यूवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष पर्शुराम बस्नेतले खेलकुदको माध्यमबाट नेपाललाई विश्वसामु चिनाइरहेको हुनाले खेलकुदको विकास सबैको साथ र सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा यूवा नेपालका केन्द्रीय सदस्य मुकेश बुढाथोकी, नेपाल आइटीफ तेक्वान्दो महासंघका केन्द्रीय उपाध्यक्ष प्रविनकुमार कार्कीलगायले शुभकामना दिदै विश्वका विकसित र शक्तिशाली देशहरूलाई समेत खेलकुदको माध्यमबाट नेपालले पराजित गरिरहेको हुँदा खेलकुदको विकासमा राज्यले विशेष महत्व दिनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर