पूर्वाञ्चल खबर
पुष्पराज थपलिया
विराटनगर / १ नम्बर प्रदेशका सामाजिक विकाश मन्त्री जिवन घिमिरेले जग्गा उपलब्ध भए विराटनगरमा आर्ट ग्यालेरी बनाउँने बताए ।
आजदेखि विराटनगरमा शूरु भएको १ नम्बर प्रदेश स्तरीय चित्रकला प्रर्दशनीको उदघाटन गदै मन्त्री घिमिरेले सो कुरा बताएका हुन् । मन्त्री घिमिरेले कलाकार एयटा प्राकृतीक स्रोत भएकाले यस्को जर्गेना प्रदेश सरकारले गर्नै बताए । यस्ता खाले कार्यक्रमले प्रदेश सरकारको विकाशमा योगदान पुरयाउँने चर्चा गर्दै मन्त्री घिमिरेले प्रदेश १ लाई भाषा, कला र सास्कृतीक झल्काउँने प्रदेश बनाउँन्े तयारी रहेको बताए ।
ललित कला संगमको आयोजना र लायन्स क्बल अफ विराटनगर योङ्ग हटको सहयोगमा आज र भाली दुई दिन विराटनगरस्थित नमस्कार होटलमा चित्रकला प्रर्दशन हुने भएको हो ।
चत्रकला प्रर्दशनीमा मोरङ, सुनसरी, झापा र धनकुटा जिल्लाबाट ४५ जना कलाकारहरू सहभागि रहेको आयोजकले जनाएको छ । ‘कलाको सम्मान र उनीहरूको प्रतिभा उजागर गर्न प्रर्दशन स्तरीय चित्रकला आयोजना गरेको ललित कला संगम विराटनगरकी अध्यक्ष अनुराधा थापाले बताइन् ।
आज आर्ट कलाकारहरूले विराटनगरको बारैमा चित्र बनाउँने छन् अनीहरुले बनाएको चित्र भोली प्रर्दशनीमा राखिने ललित कला संगमका सदस्य डा. विजुकुमार थपलियाले बताए ।
कार्यक्रममा लायन्स क्ल्ब अफ विराटनगर योङ हार्टका अध्यक्ष सनातन मण्डल, लायन्स–३२५ ए वानका आइपीडी लिल्ला ढुंगेल, लायन्स–३२५ ए वानका केविनेट सेक्रेटी रेवतबहादुर कार्की र लायन्स जोन पर्सन टिका ढकाललगायतले बोलेका थिए ।