RUMPUM
animated ellipse animated ellipse

मोटरसाईकल सिक्ने क्रममा दुर्घटना हुँदा १ को मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ माघ २०७५, शुक्रबार १०:१०
3
Shares

धनकुटा / धनकुटाको चौविसे गाउँपालिका ८ मासिङटारमा मोटरसाईकल सिक्ने क्रममा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

भित्री सडक खण्डमा को १५ प ३७६४ नम्बरको मोटरसाईकल सिक्ने क्रममा अनियन्त्रित भई सडकबाट १२ मिटर तल खसेर दुर्घटना हुँदा सोही स्थानका २४ वर्षिय मिलन कार्की घाइते भएका थिए ।

दुर्घटनामा परि गम्भीर घाइते कार्कीलाई उपचारको लागि धरान स्थित वी.पी. कोइराला स्वास्थ्य प्रतिष्ठान धरान पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर