RUMPUM
animated ellipse animated ellipse

प्रधानमन्त्रीको अभिव्यक्तिका कारण विश्वसनीयता घट्दैछ : नेता अर्याल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० माघ २०७५, आईतवार १७:५६
3
Shares

विराटनगर / काँग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिका कारण प्रधानमन्त्रीमाथि नै विश्वसनीयता घट्दै गाएको आरोप लगाएका छन् ।

उनले अब प्रधानमन्त्रीको कुन जोक आउला भनेर जनता पर्खनु पर्ने अवस्था सिर्जना भएको बताउँदै भने,‘‘निकै हल्का ढंगले आउने प्रधानमन्त्रीको अभिव्यक्तिमाथि विश्वास घट्दै गएको छ ।’’ अर्यालले रेल पानी जहाज जस्ता विषयलाई चाहिने भन्दा बढी उचाल्ने र प्रतिपक्षीको विषयमा दिने गरेको अभिव्यक्तिका कारण प्रधानमन्त्रीको भनाइमाथिको विश्वास घट्न पुगेको बताए ।

नेपाल प्रेस युनियन मोरङको नियमित बहस श्रृखंला नेतृत्वसँग प्रेस युनियन अन्तरसम्वाद कार्यक्रममा आज बोल्दै नेता अर्यालले सरकार गतिविधि हेर्दा सरकार विकासको उल्टो गतिमा अघि बढेको बताए । भने,‘‘चुनावका बेला भएका साना गल्तीले काँग्रेस प्रतिपक्षमा पुगेको हो तर यो भन्दैमा सम्पूर्ण रुपमा काँग्रेस सकिएको होइन ।’’ अर्यालले महासमिति बैठकपछि काँग्रेसको विधान संशोधन भई अब पार्टी संघीय स्वरुपमा जाँदा थप लोकतान्कि बन्न पुगेको अर्यालको भनाइ थियो ।

धेरै पदाधिकारी निर्वाचित भएर आउनु पर्ने व्यवस्थाका कारण पनि काँग्रेस अब नयाँ ढंगले अघि बढ्ने बताउँदै अर्यालले पार्टीभित्र सानातिना विवाद भएपनि यो क्रमशः समाधान हुँदै जाने दाबी गरे । उनले भने,‘‘काँग्रेस झन् धेरै समावेशी भएको छ ।’’ अर्यालले मधेशवादी दलसँग भएको गठबन्धनलाई व्यवस्थित गर्न नसक्दा धेरै निर्वाचन क्षेत्रमा काँग्रेसले निकै ठूलो क्षति बेहोर्नु परेको दाबी गरे । काँग्रेसले सरकारका गलत क्रियाकलापको सदन भित्र र बाहिर पनि जोडदार ढंगले प्रतिवाद गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर