पूर्वाञ्चल खबर
विराटनगर / मोरङको विराटनगर महानगरपालिकाको छुट्टाछुट्टै स्थानबाट प्रहरीले आज लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सुनसरी बराह नगरपालिका २ का २२ वर्षीय मिलन राई, २९ वर्षिय सुमन थापा मगर र बिराटनगर १५ का २१ वर्षिय प्रशान्त खड्कालाई पक्राउ गरेको हो । उनीहरुलाई आज दिउँसो विराटनगर महानगरपालिका ८ बसपार्कमा बा. ६७ प. ५९५४ नम्बरको स्कुटरमा सवार रहेका राई र थापालाई शंका लागि चेकजाँच गर्ने क्रममा ४ सय ८० ट्याब्लेट लागूऔषध स्पास्मोप्रोक्सिभन फेला पारी बरामद गरेको हो ।
त्यसैगरी खड्कालाई विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागूऔषध डाईलेक्स डि.सी. २ बोतल र नाईट्रोजन ट्याब्लेट १० चक्की फेला परेको मोरङ प्रशरीले जनाएको छ । लागूऔषध सहित पक्राउ परेका राई र थापालाई जिल्ला प्रहरी कार्यालय मोरङ र खड्कालाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।